मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • अनेरास्ववीयुका नेता अयडीको हत्या आरोपीत १२ जना मध्ये ९ जना पूर्वक्षका लागि कारागार चलान

अनेरास्ववीयुका नेता अयडीको हत्या आरोपीत १२ जना मध्ये ९ जना पूर्वक्षका लागि कारागार चलान

  • मङ्लबार, चैत्र २०, २०८०
अनेरास्ववीयुका नेता  अयडीको हत्या आरोपीत १२ जना मध्ये ९ जना पूर्वक्षका लागि कारागार चलान

बाजुरा– अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको अत्या आरोपीत ९ जनालाई कारागार चलान गरेको छ । जिल्ला अदालत बाजुराको फैशलापछी ९ जना कारागार चलान गरिएका छन भने ३ जनालाई जरिवाना सहित तारेख तोकिएको छ । चैत्र १२ गते पक्राउ परेका १२ जना मध्ये ९ जना पूर्वक्षका लागि बाजुरा कारागार चलान गरेको छ । ३ जनालाई जनही ३ लाख धरौटी सहित जिल्ला अदालतबाट तारिख तोकेको छ ।
३३ बर्षीय नर अयडी, नरेश अयडी, २५ बर्षीय मंगल अयडी, ३३ बर्षीय मोहन बहादुर अयडी, २७ बर्षीय नविन अयडी, २२ बर्षीय लोकेश अयडी, २३ बर्षीय जीवन अयडी, ३२ बर्षीय उद्धव अयडी, ४५ बर्षीय पदम बहादुर अयडी पूर्वपक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिएका छन् ।
त्यस्तै ३८ बर्षीया अनिता रौले अयडी, ३६ बषीया धना देवी अयडी, र ३२ बर्षीया ईश्वरा देवी अयडीलाई जनही ३ लाख धरौटी सहित तारिक तोकीएको सूचना अधिकारी भण्डारीले बताए । घटना पछि फरार रहेका १२ जनालाई प्रहरीेले चैत्र १२ गते जिल्ला सदरमुकाम मार्तडीबाट पक्राउ गरि जिल्ला अदालतमा चैत्र १३ गतेबाट बहस सुरु भएको थियो ।
०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ ।
०७९ मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका-७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको छ । उनीहरु मध्ये मिति २०८० मंसिर १९ गते सर्वच्चो अदालतको आदेश अनुसार ४ जना शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि जिल्ला कारागार बाजुरा पठाउनु आदेश दियो भने रुपा चौधरी, विनोद अयडी,चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिकमा रिहा गर्न आदेश दियो ।
त्यस्तै मिति २०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दियो भने निरज अयडीलाई तीन लाख धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दानसिंह भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार