सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • कक्षा ८ को परीक्षाफलः बडिमालिकामा २२ र त्रिवेणीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा ८ को परीक्षाफलः बडिमालिकामा २२ र त्रिवेणीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • शुक्रबार, चैत्र ३०, २०८०
कक्षा ८ को परीक्षाफलः बडिमालिकामा २२ र त्रिवेणीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

बाजुरा —बाजुराको सदरमुकाम स्थित बडिमालिका नगरपालिकामा कक्षा ८ को नतिजा कमजोर देखिएको छ । चैत्र २५ गते नगरपालिकाले प्रकाशित गरेको कक्षा ८ को नतिजा अनुसार २२ दशमलव २२ प्रतिशत विद्यार्थीहरु मात्रै उत्तीर्ण भएका छन् । नगरपालिकाका तीन संस्थागत सहित १७ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी ५ सय ८५ जना विद्याथीहरु मध्ये १ सय ३० विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तै बार्षिक परीक्षामा उत्तीणर् हुन नसकेका ३ सय ७७ जना विद्यार्थी भने ग्रेडवृद्धि परीक्षा दिन पाउने नगरपालिकाले जनाएको छ । जसमा गणीतमा सबैभन्दा धेरै १ सय ६३, अंग्रेजीमा १ सय ६२, सामाजिकमा ३० र विज्ञानमा २२ जना ग्रेडवृद्धि परीक्षामा सामेल हुने भएका छन् । त्यस्तै ७८ जना विद्यार्थीले भने पढाई दोहोर्याउनु पर्ने भएको छ ।

प्रकाशित नतिजा अनुसार सदरमुकाम मार्तडीमै रहेको मालिका माविमा २ सय ३१ जना मध्ये ६४ जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकामा कैलाशेश्वरी माविबाट परीक्षामा सहभागी ३५ जना नै अनुत्तीर्ण भएर निल भएको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।

सबै भन्दा कमजोर देखीएका बिध्यालयहरुमा पाथरकोट आबि २३ जना मध्य १ जना, नेपाल राष्ट्रिय माबिमा ३४ मा १, सरस्वती आबिमा ८ मा १ र बालमन्दिर आविमा ३३ मा १ जना मात्र उत्तीर्ण भएका छन । बडिमालिका इंलीस बोर्डिङ स्कुलबाट परीक्षामा सहभागी १ जना मात्रै रहेको र उनले ए प्लस ल्याएर पालिकाको उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

त्रिवेणी नगरपालिकामा ५९ प्रतिशत विद्याथी उत्तीर्ण
त्यस्तै कक्षा ८ को परीक्षाफल अनुसार त्रिवेणी नगरपालिकामा ५९ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाका १६ वटा विद्यालयबाट सहभागी ४ सय ९३ मध्ये २ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका हुन् भने ४०.५६ अर्थात २ सय विद्यार्थीले भने पढाई दोहोर्याउनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा कक्षा ८ को परीक्षामा सबैभन्दा उत्कृष्ट नतिजा पार्वती मावि सिम्लाले ल्याएको छ । सो विद्यालयबाट सहभागी मध्ये ९१.६७ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् भने खिन्ने सत्यवादी आविमा सबैभन्दा कमजोर नतिजा ३३. ३३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नगरपालिकाले कक्षा ८ मा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन नगर्ने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार