शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

  • शनिबार, फाल्गुन २६, २०८०
बाजुरामा नदीमा हाम फालेर एक जनाको मृत्यु

बाजुरा — बाजुरामा नदीमा हाल फालेर एक जनाको मृत्यु भएको छ । शनिवार त्रिवेणी नगरपालिका २ कि ३९ बर्षीया जानकी न्यौपानेको बढिगंगा नदिमा हाम फालेर मृत्यु भएको हो ।

आज विहान बुढिगंगा नदिमा हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गाउँबाट करिव ४ घण्टाको पैदल यात्रा हिडेर बुढीगंगा नदीमा हाम फालेको बताइएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार