मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दोह्रो नागरिकतालाई सहि भन्न सकिदैन!

दोह्रो नागरिकतालाई सहि भन्न सकिदैन!

  • मङ्लबार, साउन १९, २०७८
दोह्रो नागरिकतालाई सहि भन्न सकिदैन!

सुरेशकुमार पान्डे — अहिले फेशबुकमा नागरिकता सम्बन्धि स्टाईसराखेर त्यसैमा छलफल गरेका बिभिन्न साथिहरुका तर्क बितर्क हरु देखियो।भारत र नेपालको बारेमा गरिएको यो तर्क बितर्क छलफल चलाउँनुनै गलतहो भन्ने मेरो भनाई होईन।खास गरेर दोह्रो नागरिकता राख्नु गलत हुन्छ त्यसको हामिले समर्थन गर्नुपनि हुँदैन।हाम्रो भारत र नेपालको बिषयमा भन्नुपर्दा भारतको एक अरब३०करोड जन संख्या र नेपालको कुल तिनकरोड जन संख्यालाई बाराबरीले जोख्नु पनि आफैमा गलत हुन्छ।भारत बाट एक दुई प्रतिसत जन संख्या नेपालमा गएर नागरिकता लिएर बस्दा नेपालनै अलपमतमा पर्न सक्छ।भने नेपालको सबै जनता भारतमा बसोबाश गरेपनि भारतलाई खासै फरक पर्दैन।त्यस बिषयबाट हेर्दा पनि नेपालीहरुले भारतको नागरिकता लिंदा भारतलाई कुनै असर नप्रने प्रष्टछ।अब नेपालीहरु लाई भारतको आधार काड पेनकाड लिन किन पय्रो भन्ने सवालमा भन्नुपर्दा यो बिषय अस्थाई रुपले बसेका नेपालीहरु जो शान्ति तथा मैत्री सन्धिको तहत आएकालाई भनिएकोहो।सन१९५०को मैत्रि सन्धिमा आएका नेपालीहरु भारतको बिभिन्न ठाउँहरुमा सरकारी एव.गैर सरकारी सेक्टरहरुमा आफ्नो परिश्रम गरेर अस्थाई बसो बास गरेकाछन।उनिहरुले भारतिय डोकोमैन्ट लिनु बाध्यता भएकोछ।यदि नेपाली नागरिकताले भारतमा नागरिक सरह सुबिधा मिल्छ भने नेपालीहरुले भारतको आधार कार्ड पेनकार्ड लगायतका डोकोमेन्ट पक्कै पनि लिने थिएनन्।
एउटा परिवारलाई बस्नको लागि बाश,गास,त चाहिन्छ त्यसपछि बालबालिकाहरु लाई स्कुलमा पढाउँन पर्छ,बैङ्को खाता नभए मैनाभरी गरेको कामको सैलरी आउँदैन।ग्यास सिलेण्डर प्राप्त हुँदैन,ड्राईबरी लैसन्स बन्दैनन्।यो सबै बिना एउटा मानिशले आजको दिनमा बाँच्न कठिन हुन्छ।एउटा होटेलमा एक रात बासा बस्नु पय्रो भने आधार काड चाहिन्छ।बैङ्कमा खात खोल्न आधारकाड् र पेन कार्ड हुनैपर्छ।यसरी अहिलेको अबस्थामा बिना आधारकाड र पेनकार्ड नभएको मानिसलाई सामन्य जीवन यापन गर्न त टाडैको कुराहो दुई चार दिन गुजार्न गारोहुन्छ।प्राईबेट नोकरीको लागि पनि यो सबै डोकोमेन्ट चाहिन्छ,नभै हुँदैन।
तर पनि भारतको हकमा नागरिकता न त वोटर कार्ड हो न नागरिकता आधारकाड,न पेनकार्ड।
सम्भाबित नागरिकता पासपोर्ट हो।तर नागरिकताका लागि कम्तिमा नौ दशवटा आई डि प्रुफको आबस्याकता भन्निन्छ।भारतको नागरिकता पाउँन त्यतिसजिलो छैन।भारतमा जब एन आर सी लागु गर्ने कुराहरु आउँछन त्यो बेला बल्ल सरकार द्वारा सिटिजन सिप ऐंमडंमेट एक्टका कुरा उठ्छन।भन्निन्छ यो पुरानो हो जो ब्याक्ति भारतमा सन१९४५भन्दा पनि पहिले देखि बसोबास गरेकोछ त्यो ब्याक्ति भारतको नागरिक मानिन्छ।भारतिय सम्बिधानको अनुच्छेद५ले भन्छ कुनै पनि ब्याक्ति भारतमा जन्मिन्छ र त्यसका आमा र बा दुबै वा कुनै एउटा भारतिय हो भने त्यो बालक भारतिय नागरिक मान्निन्छ।हुँन त भारतमा लगातार पाँच बर्ष सम्म बसोबाश गरेको बिदेशी ले पनि नागरिकताको लागि अपिल गर्न सक्ने कानुनी प्राभधान छ।तर जति जति भारतमा जनसंख्या बढ्दै गयो त्यहि अनुपातमा नागरिकताको लागि बढि छानबिन हुनेगर्छ।
जति बेला कुनै देशका नागरिकहरु वा घुषपेठियाहरु लाई खेद्नु पय्रो वा पहिचान गर्नु पय्रो भने त्यहि Citizenship AmendmentAct अनुसार छानबिन गरिन्छ।र बिदेशीहरु भनेर कयौँलाई दुःख दिईन्छ।पछिल्लो पल्ट आसाममा बसो बाश गर्दै आएका नेपाली मूलका भारतियहरुलाई दुःखदिने काम भएको थियो।त्यो सिटिजन एक्ट अनुसार सवा लाख जति नागरिकहरुको पास नागरिकता सम्बन्धि दस्ताबेजनै थिएनन्।जो नेपाल मछलका थिए।भन्न त त्यसबाट कुनैपनि नागरिकलाई देशनिकाला नगर्ने कुराहरु र आसवासन पनि दिंदै आएकोछ।वास्तबिक भन्नु पर्दा बांगाला देशिय घुशपेठ भएका नागरिकहरु लाई भगाउन त्यसो गरेको भनिन्छ तर त्यसबाट सदियौँ देखि बसोबाश गर्दै आएका नेपाली मूलका ब्याक्तिहरुलाई तङ्ग गरेको थियो।नेपालीहरु सुगौलि सन्धिबाट जमिन सँग सँगै आएकाहरुको बहुल्यताछ र त्यँहाबाट जमिन खोसेर उनिहरुलाई बिस्थापित गरियो भने ति नागरिकहरु काँ जाने यो ठुलो समस्या देखिन्छ।जस्त सन१९८६मा आसाम मेघालयबाट नेपालीहरु लाई अमानविय यातना दिएर खेदेको पनि हामि सँग ज्युँदो उधारणछ।यस्तो त्यँहाका स्थानियहरुले नै बिदेशीहरु भनेर उक्साउँने गर्छन।
आखिर नागरिकताको लागि चाहिने दस्ताबेजहरु के के हुन त?
१जमिनको दस्ताबेज,२राज्यको बाहिर बाट जारि गरिएको स्थाई निवास प्रमाणपत्र,३भारत सरकारले जारिगरेको पासपोर्ट,४कुनैपनि सरकारि प्राधिकरण द्वारा जारिगरेको लाईसेन्स /प्रमाणपत्र,५सरकार वा सरकारी उपक्रमको तहत सेवा वा नियुक्तिलाई प्रमाणित गर्नेवाला दश्ताबेज,६बैंक/डांकघरमा खाता,७शक्षम प्रधिकार बाट जारिगरिएको जनम प्रमाणपत्र,८बोर्ड बिस्वबिध्यालय बाट जारि गरिएको शिक्षाण प्रमाणपत्र,९न्यायिक वा राज्यस्व अदालत द्वारा सुनाई सँग जोडिएको दस्ताबेज आदी लाई नागरिकताको लागि आधिकारिक मानिन्छ।यो नभयको खण्डमा नागरिकताको लागि कम्तिमा पाँच बर्ष सम्म बसोबास गरेको र कुनै देशको नागरिकता त्यागेकोले मात्र नागरिकताको लागि अपिल गर्न सक्छ।भारत जस्तो बिशाल देशमा पनि यस्तो प्रकारको सक्ताईछ।हामि नेपालीहरु एउटा सामन्य आधार काड र पेनकाड लिंदैमा आफुलाई नागरिक सम्झिने भुल नगरौँ।
तर बोटर काड भने हामिले न लिंदा ठिक हुन्छ किनभने हाम्रो भोट आफ्नो देशमा हुनेभयकोले एउटा नागरिकले दुबै देशमा चुनाउँमा भागलिनुलाई हामिले पनि शहि भन्न सकिदैन।तर धेरै नेपालीहरुले भारतमा पनि मतदान गर्ने र कयौँ भारतियहरुले नेपालमा पनि मतदान गर्ने गलत परमपरा चल्दै आएको देखिन्छ।यो गलत प्रकृयाहो जस्लाई हामिले बोटर काड बनाउँन वा प्रयोग गर्नु गैर कानुनी हुन्छ।
हामिले आधार काड र पेनकार्ड आफ्नो आधारभुत आबस्याकताको पुर्तिका लागि लिनुपर्छ।यदि त्यसमा कुनै पक्षले गलत भनेर भन्छन भने भारतमा बसेका नेपालीहरु लाई जो सन १९५०को शान्ति तथा मैत्रि सन्धिको तहत आएका छन उनिहरुलाई नेपाली नागरिकता बाटनै भारतमा आधारभुत बस्तुहरुलाई उपलब्ध गराई दिनुपर्छ।
त्यसको लागि हामिले आ-आफ्नो ठाउँबाट आवाज दुबै सरकार लाई र राजदुत्त समक्षपनि उठाउँनुपर्छ।हामि सन १९५०को शान्ति तथा कथित मैत्रिशन्धिको तहत भारतमा अस्थाई रुपमा आएका हौं।भारत र नेपालको मैत्रि सन्धि जस्लाई हामिले असमान सन्धि भनेर भनिरहेकाछौँ यो सन्धिका दश धाराहरु मध्य सबै भन्दा खतरा पनि धारा७हो त्यसैको माध्यामबाट हामि भारतमा आएकहौं।जस्ले नेपाललाई अल्पमत पार्ने आधार तैयार पारेकोछ।हाम्रो देशमा एक करोड जति भारतिय नागरिकले नेपालको तराई भेगमा बसो बाश गरेको बेला बगतमा सुन्दै आएकाछौँ।आधिकारिक रुपमा न त सरकारले पुष्टि गरेकोछ।त्यँहा बसेका थुप्रै दोह्रो नागरिक पनिछन।तर पनि हामिले माथिनै भनि सक्यौँ दोह्रो नागरिकता लिनुलाई हामिले गलत ठान्दछौँ।तर आधारकाड र पेनकार्डलाई नागरिकता भनेर बुझ्नु हुँदैन।

चर्चामा

सम्बन्धित समाचार