• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

  • मङ्लबार, जेष्ठ १, २०८१
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई विश्वासको मत दिने भएकाे छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री साेडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए । यद्यपि याे बारेमा औपचारिक निर्णय गर्न बाँकी छ । ‘हामी मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन्छौं । पार्टी नेतृत्वकाे निर्देशन पनि प्राप्त भएकाे छ’, रावलले भने ।

६ वैशाखमा एमालेसहितकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका साेडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाकाे किरियाकर्ममा रहेकाे र मुख्यमन्त्रीले सल्लाह नगरेकाे भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाकाे बैठक बस्न सकेकाे थिएन ।

एमालेले केन्द्रकाे निर्देशन नआएकाे भन्दै २१ वैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएकाे थियाे । मुख्यमन्त्री साेडारीले विश्वासको मत लिने प्रयोजनका लागि ३ जेठको विहान सवा १० बजे सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार