बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • महामारिलाई राजनीति नबनाउँ,

महामारिलाई राजनीति नबनाउँ,

  • मङ्लबार, जेष्ठ ४, २०७८
महामारिलाई राजनीति नबनाउँ,

सुरेशकुमार पान्डे–अहिले देशमा फैलिएको कोरोना महामारीलाई कतिपय राजनीतिक दलले आफ्नो स्वार्थमा उपयोग गर्ने प्रयात्न गर्दै आएको देखिन्छ।
मानिशलाई बाँच्ने मर्नेको ठेकानछैन,देशमा एक प्रकारले कुतहल मचिएकोछ,जनतामा भय बनेकोछ।त्यसैलाई पनि फाईदा उठाएर कयौँ राजनीतिक पार्टीहरुले आ-आफ्नो बोट बैङ्क बनाउँन सस्तो लोकप्रियताका लागि प्रयोग गर्दै आएको देखिन्छ।एकातिर यो विस्व महामारी कोरोनाले संसार आतङ्कितछ।हाम्रो देशका जनताहरु कोई देशमा कोई बिदेशमा कोरोनाको सिकार भयकाछन अकालमा मृत्यु भयकाछन।बिभिन्न देशहरुमा श्रमजीवीहरुको सामाजिक सँगठनले उद्धार गर्दै आएकोछ,आफ्नो परिवारको पेटकाटेर मानवताको हैशियतले आम प्रवाशी मज्दुरहरुले सहयोग गर्दै आएकाछन।जस्तै भारतमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि रहेका सातै प्रदेशका श्रमजीवी नेपालीहरुले बिना कुनै भेदभाव भारत भरी छरिएका आम नेपाली जनताको सहयोग गर्दै आएकाछन।अहिले मात्र होईन कोराना फैलिदै गएपछि यो प्रतिकुल अबस्थामा पनि बिगतको बर्ष देखि लगातार जनताको माझमा गएर कार्याक्रताहरुले जनसेवा गर्दै आएकाछन।सँगठनको काम गर्ने पद्धत्ति समाज सेवानै हो।जुनसुकै पार्टीको भयपनि जुन सुकै जील्लाको भयपनि गरिब मज्दुर नेपालीहरुलाई आफ्नो स्थापना काल देखिनै सँगठनले सहयोग गर्दै आएको ईतिहाशनैछ।जुनसुकै नेपालीहरुको बिरुद्धामा आएका नियम कानून ,घटना आपत बिपतमा मूलप्रवाहले निर्वाह गरेको भुमिका निश्पचिय हुँन्छ।तर उनै नेपाली श्रमजीवी जस्ले साराजीवन समाज सेवक भयर, देशभक्त भएर देशको लागि र जनताको लागि लड्दै आए सरकारले सहयोग वा सम्मान गर्नुको साटो अपहेलित गर्छ अनि उनै नेपालीहरुलाई आपसमा फुटाउँन राजनीति गर्छ भने त्यो भन्दा बिड्मबना केहुँन सक्छ।बिगितको कोरोना महामारीको बेला त्यस्तै प्रकारको ब्यबहार भारत स्थित नेपाली सँग सरकारले गरेको थियो।अहिले पनि त्यहि प्रकारको अबस्था नहोला भन्न सकिदैन।अहिले नेपालमा कयौँ राजनीतिक पार्टीहरुले सहयोगको नाउँमा आ-आफ्नो बोट बैङ्क बनाउँन तल्लिनछन।एकातिर देशमा आक्सिजनको कमिले पिडितहरुको अबस्थालाई दयानिय बनाएकोछ,असाय बनाएकोछ आर्को तिर ति आक्सिजनका सिलेण्डरहरुमा पनि कालाबजारी भयकोछ,कमिसनको खेल भयकोछ।त्यसैलाई ईगो बनाएर पनि राजनीति हवादिने अन्य पार्टीहरुले गरेको देखिन्छ।यथार्थमा अहिले त यो अबस्थामा राजनीतिक ताना तान गर्नु भन्दा राष्ट्रीयता र जनजीवीकाको पक्षमा एकमना एकता बनाएर जानु पर्नेहो।तर त्यसो नगरेर औषधी जस्तो आधारभुत बस्तुमा अनिमिता,आक्सिजनमा काला बजारी,गर्नेहरु अप्राधीनै हुन।देशको अबस्था यतिबेला अत्यान्तै दर्दनाक छ,लाक डाउन भयपछि आम जनजीवनमा यसको असरपरेकोछ दैनिक उपभोगको समानमा असर परेकोछ।किसानहरुको खेतमा तरकारीहरु सढेकाछन भने बजारमा तरकारीको पनि कालाबजारी भएकोछ।औषधीहरु मेडिकलमा भेट्टिदैन एक ठाउँ बाट आर्को ठाउँ जान सकिदैन,याता यातको शुभिदा नहुँदा जनताले कुनै रोगिलाई उपचारको लागि राजधानी तर्फ लैजान सिति मिति छैन।आखिर रोगीले महेँगो भाडा तिर्न बिबश भयका हुन्छन।सरकारले यहि बेलामा संसदलाई कम्जोर बनाएर देशलाई तरल बनाई दिएकोछ उस्तै बिपक्षहरुले सरकारको रबैया माथि प्रश्न चिन्ह लगाएर आफ्नो राजनीतिक रोटी सेक्दैछन।देश र जनताको हितमा कसैले पनि काम गरेकोछैन।अहिलेको अबस्थामा कतिपय डाक्टर,नर्श,र पत्रकारहरुले खेलेको भुमिका सहरानिय छ।

सामाजिक सँगठनहरुले परदेशमा खेलेको भुमिका सहरानिय छ तर देशभित्रका राजनीतिक पार्टीहरुले खेलेको राजनीति भुमिका बिड्मबना युक्तछ।
किन यस्तो गर्छन त राजनीतिक पार्टीहरुले?खास गरेर देशका ठुला दलहरु लाई बिदेशीहरुले यसही मौका छोपेर उपयोग गर्ने गर्दछन त्यस्कारण उन्को गोटी बनेर देशको लागि खाडल खनेका हुन्छन।बिगत देखिको ईतिहाश हेर्नुहोश,जतिबेला देशमा संकट पर्छ त्यही बेला राजनीतिक पार्टीहरुको नोटंकी सुरुहुन्छ।त्यही बेला छिमेकीले उनिहरु लाई लोभ देखाएर आफ्नो स्वार्थ साध्ने प्रयात्न गर्दछ त्यसैको परिणाम पार्टी हरु आपसमा एकमना एकता बनाएर जानुको सट्टा एकले आर्काको खुट्टालाई तान्ने काम गर्दै आएका हुन्छन।

बिगत पुषको संसद बिघटनको घटना लाई गलत भनेर संसदको पुर्नबहालीको माग गर्दै र संसद पुर्नबहालि पछि पनि सके सम्म सरकारले वाम पनिहरुको एकता गरेर जानु पर्छ भन्दा पनि त्यो ओलि नेतृत्वले जुन प्रकारको ब्यबहार गर्दै आए त्यो एउटा प्रतिगामि कदम थियो र कम्तिमा प्रजातन्त्रिक शक्तिहरुको त्यो बेला खाँचो हुन्थ्यो सरकारको रवैया तानासाही भयो भने एउटा क्रान्तिकारी पार्टी सँगठनले के गर्नु पर्छ?यो मुख्य प्रश्न हुन्छ निश्चित रुपमा एउटा क्रान्ती कारी पार्टी संगठनले सबै प्रजातान्त्रिक शक्तिहरु सँग तालमेल गरेर जानु पर्दछ।

त्यो कसैलाई राम्रो लाग्छ की लाग्दैन भन्ने आधारमा होईन अबस्ताको ठोश बिष्लेषण गरेर दुरदर्शियता र जसबाट प्रजातान्त्रिक शक्तिलाई फाईदा पुग्छ त्यो गर्नु पर्ने हुँन्छ।राजमोले पनि त्यहि प्रकारले परिस्थितिको ठोश मुल्यांकन गरेर राजनीतिक बिष्लेषण गर्दै सरकारको बिरुद्धमा मतदान गर्ने निर्णय गय्रो।त्यो हरेकलाई पच्ने नीति भने थिएन,कुनैपनि अभस्थामा आफ्नो लाईन लाई अगाडि सार्दा सबैलाई ठिक लाग्दैन,सबैलाई ठिक लाग्ने नीतिले पार्टीलाई फाईदा गर्दैन।किन भने हामिले अन्याय अत्याचारको बिरोध गर्दा अप्राधीहरुलाई राम्रो लाग्ने कुरानै होईन।हामिले नीतिलाई तय गर्दा बहु संख्यक गरिब श्रमजीवी बर्ग र राष्ट्रीयताको हितमा बनाउँनु पर्छ त्यसो गर्दा कयौँलाई मनपर्दैन त्यो स्वाभाबिक हो।
अहिले पनि त्यही प्रकारको ब्याक्तिहरुलाई प्रभाब परेको हुनसक्छ।
एउटा क्रान्तिकारी पार्टी संगठन वा ब्याक्तिका लागि बर्गशंघर्ष र राष्ट्रीयता प्रमुख बिषय हो। संसदलाई उपयोग गर्दाको अबस्था भनेको कार्यानीतिको अबस्थाहुन्छ जस्लाई चौबिश घन्टामै फेरबदल गर्न सक्किने गरि कार्याक्रम निर्धारित गरिन्छ।क्रान्तिकारीलाई फाईदा पुग्ने हिसाबले कार्ययोजना तय गर्नु पर्दछ।कसैलाई ठिक पनि नलाग्न सक्छ त्यो प्रमुख बिषय होईन।कसैले बिरोधका लागि बिरोध गरगर्ने गर्छन त्यो उनिहरुको राजनीतिक स्तरहो।

गालि गलौच गर्छन,त्यो उनिहरुको ब्याक्तित्वहो त्यो राजनीतिनै होईन त्यो त उनिहरुको चरित्रहो।राजनीति गर्नेहरुले आपत कालमा वार गर्दैनन,आपतकालमा राष्ट्रीयताको सहयोग गर्छन र गर्नु पर्दछ भन्ने मलाई लाग्छ।
तर अहिले यो कोरोनाको महामारिमा पनि कयौँले गलत राजनीतिक कृयाकलाप गर्ने गर्दा दुःख लाग्छ।

चर्चामा

सम्बन्धित समाचार