बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचित्र संसार
  • संसार रुवाउँने नेपालको यो तस्विर : लाखौँले यसकारण सेयर गरे

संसार रुवाउँने नेपालको यो तस्विर : लाखौँले यसकारण सेयर गरे

  • बुधबार, जेष्ठ १, २०७६
संसार रुवाउँने नेपालको यो तस्विर : लाखौँले यसकारण सेयर गरे

काठमाडौं । आमा आफैंमा एक सम्मानको शब्द हो । संसारको सबैभन्दा महान सम्बन्ध नै आमा हो । आमाको महिमा कत्तिसम्म अपार हुन्छ यसको सायद हरेक सन्तानलाई थाहा हुन्छ ।

आमालाई भगवान भन्दा पनि माथिको रुप मान्ने गरिन्छ । तर हामीले यसो भन्दै गर्दा गर्भमा हत्या भएको बच्चाहरुको कुरा गरिरहेका छैनौ । आमाले सन्तान जन्माएर खोलामा फ्यालेको वा फोहोरको डस्बीनमा फालेको कुराहरु गरिरहेका छैनौ ।

जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्न सकिदैन । यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्दछ , अहिले एक तस्विर एक चर्चामा आएकोछ ।

यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध पिलाइरहेको छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको छ । यस्तो लाग्दो हो उसले पनि स्तनपानका लागि आफ्नो आमा खोजिरहेको छ ।

र त्यही बाख्राको स्तनपनि आमा समान छ भनेर त्यो अवोधपनले समेत जानिरहेको हुँदोहो ।

तस्विर भने उक्त बाख्रिको खोरमा भने हैन । हेर्दा सफा उनै बालकका लागि लिटो पाक्ने घरको भान्छा कोठा जस्तो देखिन्छ । चुल्हो नजिकै घोप्ट्याईएको भाडा छ । खाली भाँडा, बाख्रीले स्तनपान गराइरहेको अवस्थालाई एक टकले हेरिरहेको बालकलाई सायद गरिबी र भोकमरिले पिल्साएको छ भन्दै दुखि बनेर लाखौँ मानिसले सेयर गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार