• होमपेज
  • बडिमालिका
  • किसानले गँहु जथाभावी सडकमा चुट्दा र थुपार्दा दुर्घटनाको सम्भावना

किसानले गँहु जथाभावी सडकमा चुट्दा र थुपार्दा दुर्घटनाको सम्भावना

  • बुधबार, बैशाख १९, २०८१
किसानले गँहु जथाभावी सडकमा चुट्दा र थुपार्दा दुर्घटनाको सम्भावना

बाजुरा– साँफे मार्तडी सडक अन्तरगत बुढीगंगा नगरपालिकाको इकडी देखी रापकसम्मको पक्की सडकमा किसानहरुले गहुँ टिपेर सडकमा चुट्ने थुपार्ने गरेका छन् ।
यसरी सडकमा चुट्दा थुपार्दा यातायात चिप्लियर दुर्घटना हुने सम्भावना भएको भन्दै यातायात ब्यवसायी र संचालनकहरुले दुखेसो गरेका छन् । किसानले गँहु टिपेर चुट्न सजिलाको लागि साँफे मार्तडी सडकको पीच भागमा विछ्याउने गरेका छन् ।
विशेष गरी दुई बाग्रे र साना अटोहरु गहुको दानाले चिप्लीने र दुर्घटना हुने भएको सामाजिक संजालमा समेत ध्यानकर्षण गरेका छन् । गहँु यातायातका टाएरले चुटीने भन्दै किसानहरुले सडकमा जथाभावी थुपारेर राख्ने गरेका छन् ।  गाडीको टाएरले चुट्टेका गहु सडक छेउमै बताउदा गहुको चिलो उडरे बाईक अन्य यातायात चालक तथा यात्रुको आँखामा पर्ने र यातायातका साधन अनियन्त्रीत हुनुका साथै दुर्घाटनाको सम्भावना छ । यता प्रशासन प्रहरीले यो विषयमा खासै चासो दिएको देखिदैन ।
यसै विषयमा बुढीगंगा नगरपालिका १० नम्वर वडाले गएको चैत्र ३० गते सुचना जारी गर्दै वडापालिकाको क्षेत्र भित्र जथाभाभी गँहु चुट्ने थुपार्ने का भईरहेकोले गहु भुट्ने थुपार्ने काम नगर्न र गरेको खण्डमा कानुनी कार्बाही गरिने भन्दै सुचना जारी गरेको भएपनि किसानहरुले त्यसको वेवास्था गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार