शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • सुदूरको स्वास्थ्य सेवा अस्तव्यस्त, स्वास्थ्य सस्था बन्द हुने अवस्थामा

सुदूरको स्वास्थ्य सेवा अस्तव्यस्त, स्वास्थ्य सस्था बन्द हुने अवस्थामा

  • बुधबार, बैशाख ४, २०७६
सुदूरको स्वास्थ्य सेवा अस्तव्यस्त, स्वास्थ्य सस्था बन्द हुने अवस्थामा

कैलाली, ४ बैशाख

मुलुक संघीयतामा गएपछि राज्यका तीनै तहमा सम्पूर्ण कर्मचारीको समायोजन गर्नुपर्ने कानुनी र प्रशासनिक बाध्यतालाई मध्यनजर गर्दै सरकारले समायोजन प्रक्रिया अगाडि बढाएको छ। तर सुदूरपश्चिमका लागि कर्मचारीको समायोजनले भने ठुलो समस्या ल्याउने भएको छ। सरकारले विभिन्न चरण हुँदै समय–समयमा सबै स्वास्थ्यकर्मी लगायत डाक्टरहरुको पनि समायोजन सूची प्रकाशन गरिसकेको छ। स्वास्थ्य सेवामा देखिन सक्ने जटिलताका विषयमा जानकारी हुँदाहुँदै पनि सरकारले देखाएको अनविज्ञताले सुदूरपश्चिमको स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार स्वास्थ्य सेवाको विशिष्टता र सम्वेदनशीलताको ख्याल नगर्दा सुदूरपश्चिमले हालसम्म स्वास्थ्य सेवामा प्राप्त उपलब्धि समेत गुमाउने खतरा बढेको छ। सुदूरपश्चिममा रहेका झण्डै ९५ प्रतिशत डाक्टरको समायोजन संघीय सरकारका अस्पतालहरुमा भएको अवस्थामा अव ८ औँ तह मुनिका अधिकासं स्वास्थ्यकर्मीहरुले पनि सुदूरपश्चिम नरोजेपछि स्वास्थ्य सेवा नै अस्तव्यस्त बन्ने खतरा रहेको उनले बताए।

अहिले डडेल्धुराको साविकको उप क्षेत्रीय अस्पताल बाहेक अन्य सवै अस्पताल र स्वास्थ्यचौकीहरु प्रदेश सरकारको मातहतमा रहेका छन्। तर प्रदेश सरकार आईसकेको डेढ बर्षको अवधीमा एक जना स्वास्थ्यकर्मी थप्ने काम पनि पुरा भएको छैन्। विभिन्न पदमा स्वयमसेवकका लागि कर्मचारी भर्नाको प्रक्रिया अगाडी बढाईएकोमा अहिले सम्म पुरा भएको छैन्। जनसङख्याको अनुपात बर्षेनी बढ्दै जाने तर स्वास्थ्य कर्मचारीहरु घट्दै जान थालेपछि स्वास्थ्य सेवा अस्तव्यस्त हुने देखिएको हो।

सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, मेडिकल रेकर्डर, अहेब, अनमी, नर्स गरी ३ हजार १ सय ७७ जनाको दरबन्दीमा ६ सय ३२ पद रिक्त छन्। रिक्त पदपुर्तीका लागि पहल हुनुपर्ने समयमा भएकै स्वास्थ्य कर्मचारी पनि समायोजनका कारण अन्यत्र जाने भएपछि सुदूरपश्चिमको स्वास्थ्य सेवा नै ठप्प त हुने होईन भन्ने चिन्ता बढेको छ। ९५ प्रतिशत डाक्टरको अन्यत्र समायोजन भएको छ भने ५० प्रतिशत भन्दा बढि अन्य स्वास्थ्यकर्मीको पनि अन्यत्र समायोजन भएको छ। यस्ले विकराल समस्या ल्याउने स्वास्थ्यकर्मीहरु नै बताउँछन्।

यता सुदूरपश्चिम प्रदेश सरकार भने रोजेर सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ सहितका स्वास्थ्यकर्मी आउने वातावरण बनाईरहेको दावी गर्दै आएको छ। सामान्य उपचार गर्ने स्वास्थ्य चौकीहरुमा रहेका कर्मचारीलाई पनि अन्यत्र समायोजन गर्दा समेत प्रदेश सरकारले अहिले सम्म समायोजनको विरोध भने गर्न सकेको छैन्। सुदूरपश्चिमको सामाजिका विकास मन्त्रालयका सचिव गोगनवहादुर हमालले भने सुदूरपश्चिममा स्वास्थ्यकर्मी अभावको अवस्था नहुने दावी गरे।

सरकारले सुदूरपश्चिमका अस्पताल र स्वास्थ्य चौकीहरुमा काम गरिरहेका वरिष्ठ कर्मचारीलाई अपायक पर्नेगरी अन्यत्र सरुवा गरी कनिष्ठलाई उक्त स्थानमा  समायोजनको नाममा सरुवा गरेको छ।  सुदूरपश्चिममै घर भएर बर्थिङ सेन्टरमा कार्यरत एसबिए तालिम प्राप्त नर्सिङ कर्मचारीलाई अपायक पर्ने अन्यत्र स्थानमा सरुवा गरिएको छ। एकै जना व्यक्तिइलाई दोहोरो स्थानमा पठाएको भएको छ भने एकै स्थानमा कार्यरत श्रीमान–श्रीमतीलाई फरक फरक स्थानमा पठाएको छ।
साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार