शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ३ मा ७ दिने लेडिज जुति तथा चप्पल बनाउने तालिम सम्पन्न

बुढिगंगा नगरपालिका ३ मा ७ दिने लेडिज जुति तथा चप्पल बनाउने तालिम सम्पन्न

  • बुधबार, जेष्ठ ९, २०८१
बुढिगंगा नगरपालिका ३ मा ७ दिने लेडिज जुति तथा चप्पल बनाउने तालिम सम्पन्न

बाजुरा —बाजुराको बुढिगंगा नगरपालिका वडा नंः ३ ताप्रामा ७ दिने लेडिज फेन्सी जुति तथा चप्पल बनाउने तालिम सम्पन्न भएको छ ।
बुढिगंगा नगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) आयोजनाद्धारा तालिमको आयोजना गरिएको हो । तालिममा वडा नंः ३ का १४ जनालाई ७ दिने तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

हरेक व्यक्ति आफैं आत्मनिर्भर भएर जीविकोपार्जन गर्न सकुन भन्ने उदेश्यका साथ पुराना उद्यमीहरुलाई स्तरोन्नती तालिम दिइएको नगरपालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता डम्बर थापाले बताएका छन् । लेडिज फेन्सी जुति तथा चप्पल बनाउने तालिममा ७ दिनसम्म लगातार तालिम दिएर उनीहरुलाई सिलाईकटाई मेसिन, ग्रेन्डिङ मेसिन, चप्पल मेसिन, फेन्सी जुतिका डाई, चप्पल सिट लगायतका सामग्री दिइएको बताए ।
उक्त तालिमको प्रशिक्षक अनिता श्रेष्ठले गरेकी थिइन् । धनलक्ष्मी लघु उद्यमी समूहका अध्यक्ष डिल्ली दमाईको अध्यक्षतामा सुरु भएको ७ दिने समापन कार्यक्रममा प्रमुख अथिति बुढिगंगा नगरपालिका उपप्रमुख माया कुवर रहेकी थिइन् । त्यस्तै अथितिमा बरिष्ठ उद्यम विकास सहजकर्ता डम्बर थापा, वडा सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार