संवैधानिक इजलासमा न्यायाधीशको सहभागितामा फेरि पनि समस्या
प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलास गठनमा फेरि पनि समस्या देखिएको छ । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट हरिकृष्ण कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउलान् भन्ने चासो थियो । वरिष्ठता क्रममा दुई नम्वरमा रहेका दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन […]