बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराले पदाधिकारीमा दलित र महिलालाई अटाउन सकेन

नेकपा एमाले बाजुराले पदाधिकारीमा दलित र महिलालाई अटाउन सकेन

  • बुधबार, पुस २८, २०७८
नेकपा एमाले बाजुराले पदाधिकारीमा दलित र महिलालाई अटाउन सकेन

बाजुरा — नेकपा एमाले बाजुराको हालै सम्पन्न सातौँ जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व आए पनि बाजुराका दलित र महिलालाइ भने अटाउन सकेन । नया नेतृत्वमा बाजुराको हकमा महिला र दलित समुदायलाई उपेक्षा गरिएको पाईएको छ ।
बाजुरा एमालेका एक हस्ती नागरिक आन्दोलन देखी एमालेलाई संगठीनक बनाउदै गएका युवा नेता काशी बिकले उपसचिवको अपेक्षा गरेका थिए तर पनि उनलाई सो पदबाट रिङआउट हानेर सदस्यमै सिमित हुन बाध्य बनाएको छ ।
नेकपा एमालेको हरेक कार्यक्रम पार्टीकै जिम्मेवार बनेर जाने बिकलाई पदाधिकारी समेत हुन नदिएको दलित समुदायका कार्यक्रताहरुले दुख ब्यक्त गरेका छन । सामान्य फुलमाला बनाउने उच्च पदस्थ नेताको स्वागत गर्न बाजा बजाउन जिवनभर पार्टीकै लागि भनेर लागेका बिकलाई नेकपा एमाले बाजुराले अन्याय गरेको दलित समुदायको दुखेसो रहेको छ ।

नेकपा एमाले बाजुराले महिलालाई पनि पार्टीको पदाधिकारीमा लिन नपत्याएको देखीन्छ । मन्देवी ओली जस्ता होना हार कम्नुष्ट महिलाहरुलाई समेत नेकपा एमाले बाजुराले पदाधिकारीमा पत्याउन सकेन ।
सर्बहारा बर्गका उत्थानका लागि नारा बोकेको एमालेको यो बिबेधकारी निणर्य भएको भन्दै सामाजिक संजालमा समेत बिरोध भईरहेको छ । अब नेकपा एमालेलाई सर्बहाराको पार्टी भन्ने नारालाई बिस्तापित गर्नपर्ने भन्दै सामाजिक संजाल फेशबुकमा बिरोध भईरहेको छ । अब नेकपा एमाले सर्बहाराको होइन सामन्ती शोषक र शाशकहरुको पार्टी रहेको सामाजिक संजालमा एमाले कार्यृक्रताहरुले नै बिरोध गरेका छन ।

मंगलबार साँझ सम्म एमालेका केन्द्रीय सदस्य कणर् बहादुर थापा, लाल बहादुर थापा प्रकाश शाह सहदेब बोगटी लगायतका नेताहरु आफ्नो क्षेत्र र भेग मिलान गर्न सुक्ष्मरुपमा लागेका थिए र उनिहरुले भने जस्तै जिल्ला कमिटि निर्माण गरियो तर बाजुराका दलित र महिलालाई पदाधिकारीमा अटाउने ठाउँ नभेटिएको पाइयो । यस अघि पनि बाजुराका भोटे जनजातीहरुले पनि आफ्नो जातलाई एमाले बाजुराले उपेक्षा गरेको भन्दै बिरोध र बिज्ञप्ती समेत जारी गरेका थिए ।

सोही कुरा फेरी एमाले बाजुरामा दोहोरीएको छ । बाजुरामा सुदुर पश्चिममा सबै भन्दा बढि बाजुरामा रहेका जनजातीलाई केन्द्रीय महाधिबेशन प्रतिनीधीमा उपेक्षा गरे जस्तै जिल्ला अधिबेशनमा बाजुरामा दलित र महिलालाई उपेक्षा गरीएको महिला नेतृहरुले बताएकी छन । बाजुरामा एमालेको ५५ सदस्यि कमिटिमा पदाधिकारी हुने योग्य उम्मेद्धार महिला र दलितलाई सदस्यमै थन्क्याइएको पाईएको छ । तत्काल त एमाले पार्टीमा राम्रो होला तर दिर्घकालिन असर भने अबस्य पर्ने देखीएको छ ।

चर्चामा

सम्बन्धित समाचार