शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराले बडिमालिका नगरपालिकालाई टप ७ सम्म पनि किन अटाउन सकेन ?

एमाले बाजुराले बडिमालिका नगरपालिकालाई टप ७ सम्म पनि किन अटाउन सकेन ?

  • बुधबार, पुस २८, २०७८
एमाले बाजुराले बडिमालिका नगरपालिकालाई टप ७ सम्म पनि किन अटाउन सकेन ?

बाजुरा — नेकपा एमाले बाजुराको हालै सम्पन्न सातौँ जिल्ला अधिबेशनबाट नया नेतृत्व आएको छ । नया नेतृत्वमा बाजुराको बडिमालिका नगरपालिका भने टप ७ मा अटाउन सकेन । एमाले बडिमालिका नगरपालिकाले टप ७ रहेको उप सचिव मागेको थियो तर त्यही उप सचिव पनि नेकपा एमाले बाजुराले दिन सकेन ।
नेकपा एमालेको हरेक कार्यक्रम बडिमालिका नगरपालिकाकै जिम्मा हुने गर्दछन । सामान्नय फुलमाला बनाउने उच्च पदस्थ नेताको स्वागत गर्न बाजा बजाउन बडिमालिका नगरपालिकाकै एमालेहरु छन ।
तर नेतृत्वमा लिन नेकपा एमाले बाजुराले बडिमालिका नगरपालिकालाई हेपाहा प्रबृद्धी देखाएको एमाले बडिमालिका नगर कमिटि सचिव राजेश पायलले समाजिक संजालमा बिरोध जनाएका छन । नेकपा एमालेको केन्द्रीय र प्रदेश स्तरका नेता नभएकै कारण बडिमालिका नगरपालिकालाई पदाधिकारीमा स्विकार गर्न नसकेको एमाले बडिमालिका नगरपालिकाका कार्यक्रताको बुझाई रहेको छ ।
मंगलबार साझ सम्म एमालेका केन्द्रीय सदस्य कणर् बहादुर थापा, लाल बहादुर थापा प्रकाश शाह सहदेब बोगटी लगायतका नेताहरु आफ्नो क्षेत्र र भेग मिलान गर्न सुक्ष्मरुपमा लागेका थिए र उनिहरुले भने जस्तै जिल्ला कमिटि निर्माण गरियो एमाले बडिमालिका नगरपालिकाका एक नेताले भने । बडिमालिका नगरपालिकाका केही सदस्यहरुलाई सचिवालयमै सिमिति गर्ने गरिएको सो निणर्यको बिरोधमा एमाले बमिडमालिका नगरपालिका कार्यक्रताहरु रहेका छन ।
जिल्लाको बिच क्षेत्र मानिएको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिका हुन तर गौमुल गाउँपािलकामा एक जना केन्द्रीय सदस्यको पावर लागेर उप सचिव पद लिईएको छ । जसमा गाैमुल गाउँपालिका अध्यक्ष हरी राेकायालाइ पनि उप पदमै सिमित गरिएकाे छ । उनकाे सचिवमा उम्मेद्धारी रहने बताउने गरे पनि उनलाइ उप सचिवमै सिमित गरिएकाे छ ।
केन्द्रीय सदस्य कणर् बहादुर थापाको भागमा सचिव परेको छ । उता केन्द्र्रीय सदस्य दयाल बहादुर शाही, सहदेब बोगटी र प्रदेश उपसचिव बल्देब रेग्मीले अध्यक्ष र एक जना उपसचिव दावी गरेरै पाएका छन । खप्तड छेडेदहमा पनि केन्द्रीय नेता नभएकै कारण लाल बहादुर ओलीले अध्यक्षबाट हात झिक्नु परेको खप्तड छेडेदह गाउँपालिकाका एमालेहरुको भनाई रहेको छ । ए मत पाए पनी चुनाव लड्ने अठोट गरेका ओलीलाई सदस्यमा सिमित बनाएको छ । धेरै भए पुन ओलीलाई आर्थिक बिभागको जिम्मेवारीमै सिमित पार्ने पुर्ब अनुमान गर्न सकिन्छ ।
यता नेकपा एमालेको सबै जिम्ममा बडिमालिका नगरपालिकाका नेता अमर खड्का काशि बिकलाई दिइन्छ तर उनलाई टप ७ सम्म रहेको पदाधिकारीमा समेट्न एमालेको केन्द्रीय सदस्यहरु सकेनन् ।
उपाअध्यक्ष भरत बुढालाई जबरजस्ती समेट्नै पर्ने भएकोले उपाअध्यक्षमा समेटिएको नेकपा एमालेका नेताहरुले बताएका छन । एसरी गरिने राजननितिले तत्काल त एमाले पार्टीमा राम्रो होला तर दिर्घकालिन असर भने अबस्य पर्ने देखीएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य लाल बहादुर थापा आफ्नै पेरीफेरीमा राजनतिती घुमाइ राख्नका लागि पनि बडिमालिका नगरपालिकालाइ रिङआउट गरिएकाे हुन सक्छ एक नेताले भने ।

चर्चामा

सम्बन्धित समाचार