मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • स्थानियद्धारा सडक मर्मत, नगरपालिका मुखदर्शक

स्थानियद्धारा सडक मर्मत, नगरपालिका मुखदर्शक

  • आइतवार, माघ २, २०७८
स्थानियद्धारा सडक मर्मत, नगरपालिका मुखदर्शक

बाजुरा — बुढिगंगा नगरपालिका वडा न २ मा बर्षाको समयमा भत्केको सडक बनाउन नगरपालिकाले कुनै पहल नगर्दा स्थानीयले आफै सडक बनाउन सुरु गरेका छन । बुढिगंगा नगरपालिकाको गुईगाडदेखी हातेलेख सडकमा स्थानीय सरकारले चासो नदिदा बर्षाले छेदबिच्छेद भएको सडक स्थानीयले बनाउन सुरु गरेको स्थानीय मदन जोशीले जानकारी दिएका छन ।

हातेलेख हुदै खप्तड छेडेदह गाउँपालिका समेत जोडीएको लामो सडक रहेको र स्थानीय सरकारले कुनै चासो नदिएको भन्दै स्थानीय आफै सडक बनाउन सुरु गरेको स्थानीयहरुले बताएका छन । सडकमा ठुल्ठुला ढुगांले भरिएको हुदा मान्छेबाट सम्भव नहुने भन्दै स्थानीयले धेरै पटक बुढिगंगा नगरपालिकामा सडक बनाउन आग्रह गरेको भए पनि अटेर गरेको स्थानीयले बताएका छन । डोजर प्रयोग गरेर फाल्नुपर्ने ठाउँमा पनि डोजर प्रयोग गरिदिन अनुरोध गएका भए पनि नगरपालिकाले भने अटेर गर्दा हाल सम्म पनि सडक मर्मत हुन नसकेको स्थानीयले बताएका छन ।
नगरपालिकाको आफ्नै डोजर छ तर हामीले यहा सडकमा भएका ढुगां पन्छ्याउन समस्या भएको स्थानीयले बताएका छन । नगरपालिकामा सामान्य मान्छेले गर्न सकिने ठाउँमा हामी आफै गछौँ ठुलो पहिरो र ढुगां भएको ठाउँमा नगरपालिकाले सहयोग गरिदिन आग्रह गर्दा पनि कुनै ध्यान नदिएको स्थानीयको आरोप रहेको छ । हाल बुढिगंगा नगरपालिका वडा न २ बजेडीका स्थानीयहरु आफै सडक मर्मत कार्यमा लागेको स्थानीय मदन जोशीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार