शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • अनेमसंघ बाजुराको जिल्ला अधिवेशन स्थगीत

अनेमसंघ बाजुराको जिल्ला अधिवेशन स्थगीत

  • शुक्रबार, पुस ३०, २०७८
अनेमसंघ बाजुराको जिल्ला अधिवेशन स्थगीत

बाजुरा — अखिल नेपाल महिला संघ बाजुरा छटौं जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगीत गरिएको छ । अनेम संघको नेतृत्व चयनमा सहमति नभएपछि अर्को सूचना नआएसम्म स्थगीत गरिएको हो ।

अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका चार जना मध्ये सिता बराल थापा र तुला पाध्यायले सहमति दिन तयार भएपनि कोपीला सिंह र सिता थापाबीच सहमति नभएको अनेमसंकी अध्यक्ष पदकी उम्मेद्धार काेपिला सिहंले बताएकी छन ।
नेतृत्वमा एकले अर्कोलाई सहमति दिन नमानेपछि अधिवेशन स्थगीत गरिएको सिंहले बताएकी छन् । अध्यक्षमा अन्तिम दुई जनाको दाबी परेको  उनले बताइन। दाबी गरेका कोपीला सिंह निर्वमान उपाध्यक्ष हुन्, भने सिता थापा सचिव हुन् ।

चर्चामा

सम्बन्धित समाचार