शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा एमालेले टोलटोलमा संगठन, घरघरमा एमाले बनाउने, पहिलाे बैठकका निर्णय यस प्रकार छन

बाजुरामा एमालेले टोलटोलमा संगठन, घरघरमा एमाले बनाउने, पहिलाे बैठकका निर्णय यस प्रकार छन

  • बुधबार, पुस २८, २०७८
बाजुरामा एमालेले टोलटोलमा संगठन, घरघरमा एमाले बनाउने, पहिलाे बैठकका निर्णय यस प्रकार छन

बाजुरा — नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठकबाट बाजुरामा एमालेले टोलटोलमा संगठन घरघरमा एमाले बनाउने निणर्य गरेको छ । बुधबार नेकपा  एमाले बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा पार्टीको पहिलो बैठकबाट गरेका निणर्यहरु सार्वजनिक गरिएका हुन । पार्टीको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै नवनिर्वाचित सचिव भरत थापाले अव बाजुरामा एमालेलाई बलियो बनाउने गरी नवनिर्वाचित कमिटी लाग्ने निर्णय गरिएकाे बताएका छन

एमालेको सातौँ जिल्ला अधिवेशनबाट सहमतिका साथ आएको नेतृत्वले एकताको शन्देश प्रवाह गरेको सविच थापाको भनाई थियो । त्यस्तै एमालेको पहिलो वैठकले सातौं जिल्ला अधिवेशनलाई सौहार्दपूण तरिकाले सम्पन्न गर्न सहयोग गरेकोप्रति सवैलाई धन्यवाद समेत दिएको सचिव थापाले बताएका छन । त्यस्तै नेकपा एमालेको सातौ जिल्ला अधिवेशनको शन्देश दिन जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक टोलटोल र घरघरमा माघ २ गतेदेखि ८ गतेसम्म सन्देश सप्ताहका रुपमा मनाउने निणर्य गरेको सचिव थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार