शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • सहमतिको खाकाकाे विरोधमा अध्यक्षमा लाल ओलि र उपसचिवमा मनदेबी काे उम्मेदवारी

सहमतिको खाकाकाे विरोधमा अध्यक्षमा लाल ओलि र उपसचिवमा मनदेबी काे उम्मेदवारी

  • मङ्लबार, पुस २७, २०७८
सहमतिको खाकाकाे विरोधमा अध्यक्षमा लाल ओलि र उपसचिवमा मनदेबी काे उम्मेदवारी

बाजुरा — नेकपा एमाले बाजुराको सातौँ जिल्ला महाधिवेशनकाे मनोनयन दर्ता सुरु भएको छ ।
सहमतिको खाका सार्वजनिक भएपनि अध्यक्षमा लालबहादुर ओलिले उम्मेदवारी दिएका छन् । त्यस्तै उपसचिवमा मनदेबि ओलिले उम्मेदवारी दर्ता गराएका छन् । अन्य कार्यकारी पदमा भने सहमतिकाे खाका अनुसार उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष उम्मेदवारी दिएका ओलिले भने आफूले उम्मेदवारी दिएको वडिमालिका खबर सँग वताए
नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष नेताहरूकाे छलफल बाट सहमतिको खाका समेत सार्वजनिक भएको छ ।
सहमतिको खाकामा अध्यक्ष काली बहादुर शाहि, उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिव हरि राेकाय र जनक बाेहाेरालाइ अगाडि सारेको छ । एक नेताका अनुसार जिल्ला कमिटीका सबै पदमा सहमतिको खाका अगाडि ल्याएको त्यहि अनुसार उम्मेदवारी दिन लगाउने वताए । अहिले जिल्ला समन्वय समितिकाे कार्यलयमा मनाेनयन दर्ता शुरू भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार