शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा एमाले बाजुराको मनोनयन दर्ता सुरु, सहमतिको खाका समेत सार्वजनिक

नेकपा एमाले बाजुराको मनोनयन दर्ता सुरु, सहमतिको खाका समेत सार्वजनिक

  • मङ्लबार, पुस २७, २०७८
नेकपा एमाले बाजुराको मनोनयन दर्ता सुरु, सहमतिको खाका समेत सार्वजनिक

बाजुरा — नेकपा एमाले बाजुराको सातौँ जिल्ला महाधिवेशनकाे मनोनयन दर्ता सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन पार्टीको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको हाे।
नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष नेताहरूकाे छलफल बाट सहमतिको खाका समेत सार्वजनिक भएको छ ।
सहमतिको खाकामा अध्यक्ष काली बहादुर शाहि, उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिव हरि राेकाया र जनक बाेहाेरालाइ अगाडि सारेको छ । एक नेताका अनुसार जिल्ला कमिटीका सबै पदमा सहमतिको खाका अगाडि ल्याएको त्यहि अनुसार उम्मेदवारी दिन लगाउने वताए । कसैले बागि उम्मेदवारी हालेमा चुनाव हुने सम्भावना रहेकाे छ । अहिले जिल्ला समन्वय समितिकाे कार्यलयमा मनाेनयन दर्ता शुरू भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार