बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराले नव आकांक्षी युवाहरुलाई बन्ध्याकरण गर्यो

नेकपा एमाले बाजुराले नव आकांक्षी युवाहरुलाई बन्ध्याकरण गर्यो

  • बुधबार, पुस २८, २०७८
नेकपा एमाले बाजुराले नव आकांक्षी युवाहरुलाई बन्ध्याकरण गर्यो

बाजुरा — नेकपा एमाले बाजुराको हालै सम्पन्न सातौ जिल्ला अधिबेशनले नव आकांक्षी युवाहरुलाई निषेध गरेको युवाहरुले आरोप लगाएका छन । अधिबेशनमा केन्द्रीयता लादेर बनाईएको कमिटिमा धेरै युवाहरुलाई पछाडी धकेलेर बन्ध्याकरण गरिएको युवाहरुको गुनासो रहेको छ ।
जिल्लामा मुर्दाबाद र जिन्दाबाद भन्नेबेला युवाहरु आबस्यक पर्ने भए पनि पार्टीको नेतृत्व तहमा युवाहरुलाई नसमेट्नु नै बन्ध्याकरण सो सरह भएको युवा नेता पबिन्द्र शाहीले बताए । उनले सामाजिक संजालमै सहमतीको अधिबेशनले युवाहरुलाई बन्ध्याकरण गरेको आरोप लगाएका छन ।
नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिबेशनमा केही केन्द्रीय नेताहरुकै चाकडी गरेकाले केही युवाहरु समेटिए पनी जो आन्दोलन र संगठनमा निरन्तर लागेका युवाहरुलाई नसमेटेको युवाहरुको बिमती रहेको छ ।
लामो समयदेखी बिद्यार्थी युवा संघमा राजनिति गरेका केही युवाहरुलाई समेटेर लैजाने समय भएको पनी केन्द्रीयता लादेर लिदा आफुहरु समेटिन नसकेको उनिहरुको दुखेसो रहेको छ ।
यदि निर्बाचन भएको भए हामी सबै काम गर्ने संगठन बिस्तारमा निरन्तर लागेका युवाहरु समेटिएर जाने थियो युवाहरुको भनाई रहेको छ । उसो त नेकपा एमाले बाजुराको अधिबेशनले युवाहरु मात्रै नभएर पदाधिकारीमा महिला र दलितहरुलाई पनि समेन नसकेको पाईएको छ । ७ जनाको पदाधिकारीमा कुनै एक जना दलित र महिलाको अनुहार नपर्नु पनि पार्टीको सिद्धान्तर बिचारलाई लात मारेको युवाहरुको आक्रोस रहेको छ । नेकपा एमालेले भुगोललाई पनी न्याचित ढंगले अधिबेशन सम्पन्न नगरेको युवाहरुको आरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार