शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका १ मा वडाका जनप्रतिनीधीद्धारा रोजगार कार्यक्रममा मनोमानी गरेको भन्दै स्थानीयद्धारा बिरोध

बडिमालिका १ मा वडाका जनप्रतिनीधीद्धारा रोजगार कार्यक्रममा मनोमानी गरेको भन्दै स्थानीयद्धारा बिरोध

  • मङ्लबार, माघ ४, २०७८
बडिमालिका १ मा वडाका जनप्रतिनीधीद्धारा रोजगार कार्यक्रममा मनोमानी गरेको भन्दै स्थानीयद्धारा बिरोध

बाजुरा —  जिल्लाको बडिमालिका नगरपालिका १ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरुले मनोमानी गरेको भन्दै बिरोध गरेका छन । स्थानीयहरुले वडा अध्यक्षको छोरा देखी वडा सदस्यको बहिनीलाई मात्रै रोजगारमा समाबेश गरेको भन्दै बिरोध जनाएका छन । हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वोरोजगार कार्यक्रम संचालन गर्ने गरेको छ । प्रधानमन्त्री राेजगार  कार्यक्रममा बेरोजगार युवाहरुलाई छनोट गर्दा सोही वडाका वडाध्यक्ष राम बहादुर कार्कीले आफ्ना आसेपासेलाई मात्र छनोट गरेको स्थानीयले बडिमालिका खवरलाई बताए ।
स्थानीयहरुका अनुसार वडा अध्यक्ष राम बहादुर कार्कीका छोरा दान बहादुर कार्की, वडा सदस्य रघुनाथ जोशीका छोरा खेमराज जोशी वडा सदस्य जमुना रावतले आफ्नै छोरी बिस्ना रावतलाई प्रधान मन्त्री रोजगार कार्यक्रममा समाबेश गरेका बताएका छन ।
स्थानीय तहमा रोजगारमा समाबेश हुन अंकभारका आधारमा छनौट गर्नुपर्ने हुन्छ तर बडिमालिका नगरपालिका वडा न १ मा सो कुरा समाबेश नभएको स्थानीय अगुवाहरुले बताएका छन । वडा न १ छनौट गरिएको सो निणर्यलाई परिमार्जन नभए आन्दोलन गर्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार