बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुरामा माघ २७ गतेबाट एक हजार ८ सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बाजुरामा माघ २७ गतेबाट एक हजार ८ सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

  • सोमवार, माघ २०, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा माघ २७ गतेबाट एक हजार ८ सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बाजुरा—बाजुरामा एक हजार ८०६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाभर यहीँ माघ २७ गतेदेखि फागुन ३ गतेसम्म एचपिभी खोल लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लाल बहादुर खड्काकाअनुसार यस बर्ष जिल्लामा कक्षा ६ का एक हजार ७८१ र गत बर्ष छुटेका २५ गरी १८०६ जना किशोरीहरुलाई उक्त खोप लगाइने छ । उनले गत बर्ष जिल्लामा अभियानका रुपमा ७ हजार बढीलाई एचपिभी खोप दिइएको थियो भने यस बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरीलाई मात्रै खोप दिइने बताए । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमार्फत खोप सेवा प्रदान हुने छ भने स्वास्थ्य संस्थामा समेत खोप लगाउन सकिने उनले बताए । त्यस्तै उक्त खोप अभियान गौमुल, बुढीगंगा र त्रिवेणीमा माघ २७ गतेबाट, स्वामीकार्तिक खापर, जगन्नाथ, बडीमालिका, खप्तड छेडेदहमा २८ गतेबाट र हिमालीमा २९ गतेबाट सञ्चालन हुने निमित्त प्रमुख खड्काले बताए ।

किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत बर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीहरुलाई एचपिभी खोप दिइएको थियो ।

त्यसैगरी सोमबार जिलल सदरमुकाम मार्तडीमा नियमित खोपमा विद्यालय केन्द्रित एचपिभी खोप अभियान सम्बन्धी खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समिति अध्यक्ष तथा समन्वय समिति प्रमुख तुलसीराम रोकायाले खोप अभियानको गत बर्षको प्रगति हेर्दा सन्तोषजनक देखिएको भन्दै थप प्रभावकारी बनाउन सञ्चारकर्मी सहित सबैले लाग्नु पर्नेमा जोड दिए ।

जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बडीमालिकाका नगर प्रमुख अमर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लाल बहादुर खड्का, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कर्मचारी प्रशान्त जोशीले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार