शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • नागरिक आन्दोलन : दोस्रो दिन पनि आन्दोलन जारी

नागरिक आन्दोलन : दोस्रो दिन पनि आन्दोलन जारी

केन्द्रीय प्रसारण लाइन जडान नभएसम्म ताला नखोल्ने चेतावनी

  • बुधबार, माघ ५, २०७८
नागरिक आन्दोलन : दोस्रो दिन पनि आन्दोलन जारी

बाजुरा — विद्युत लाइन विस्तारको माग सहीत नागरिक समाजले गरेको आन्दोलनको दोस्रो दिन पनि कायमै रहेको छ । हिजो देखी सदरमुकाम मार्तडीमा गरिएको आन्दोलन दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन । नागरिक समाजले नेपाल विद्युत प्राधिकरणको बाजुरा स्थित बितरण केन्द्रको कार्यालयमा हिजो देखी गरिएको ताला बन्दी कायमै रहेको जनाएको छ । कार्यालयमा नागरिक समाजले नियमित बिद्युतको माग गर्दै तालाबन्दी गरेको नागरिक समाजका खेमराज साउँदले बताएका छन ।

No description available.

नागरिक समाजले विजुली बत्तिको माग सहीत बजारमा नारा जुलुस प्रर्दशन गर्दै जिल्ला प्रशासन पुगेका नागरिक समाजका अगुवाहरुले बाजुरामा नियमित बिद्युत संचालन नभए सम्म तालाबन्दी कायमै रहेने बताएका छन । माग बारे कुनै सुनुवाई नहुदाँसम्म ताला नखोलिने नागरिक समाजका सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन ।
बिद्युत प्राधिकरण र बाजुरा साना जलबिद्युत केन्द्रका कार्यालयमामा लगाएको ताला ठोस निणर्य नआएसम्म र केन्द्रीय प्रशारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म नखोल्ने अडानमा नागरिक समाजका अगुवाहरु देखीएका छन । केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको नागरिक समाजले बिद्युत नियमीत सम्बन्धी प्रशासन र बिद्युत प्राधिकरणको ध्यान नगएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

No description available.
कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नदेखाए सम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा टेक सुुनारले बताए ।

सदरमुकाम मार्तडीमा दैनिक १० घण्टा लोडसेडिङको मारमा नागरिक रहेको भन्दै नागरिक समाजकै अगुवाईमा चरण्बद्ध आन्दोलन गर्ने र ठोस निणर्य नआएसम्म आन्दोलन जारी रहने नागरिक अगुवा दिल बहादुर थापा भोटेले बताए विद्युतको गुणस्तर सुधार गर्न त्रिवेणी साना जलविद्यतु केन्द्रको सामथ्र्य नभएको र प्राधिकरणले आफ्नो स्वामित्वमा लिएर वा विद्युत सापटी दिएर सेवामा गुणस्तरको ग्यारेन्टी र प्राधिकरणको विजुली मार्तडीमा जलाउने ग्यारेन्टी नभएसम्म तालाबन्द जारी राख्ने र चुनौति मोल्न तयार रहने गरी आन्दोलन सुरु गरिएको नागरिक समाजले जनाएको छ ।

No description available.
आजको आन्दोलन लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गर्दै सम्पन्न भएको छ । कोडसभा नागरिक समाजका अगुवाहरुले सम्बोद्धन गर्दै माग पुरा नभए सम्म आन्दोलन जारी रहने । भोलीदेखी थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने नागरिक समाजले जनाएको छ । भोली देखी यातायता साधानहरु चल्न नदिने बजार बिद्यालय बन्द गर्ने लगायतका कार्यक्रमहरु रहेको आन्दोलन संघर्स समितिले जनाएको छ ।
यता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले भोली १ बजे सर्बदलिय बैठकको आयोजना गर्ने र सो बैठकले केही दिनमै समस्या समाधान गर्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार