शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियु बाजुराकाे अध्यक्षमा दिलबहादुर थापा भाेटे

अनेरास्ववियु बाजुराकाे अध्यक्षमा दिलबहादुर थापा भाेटे

  • शुक्रबार, पुस ३०, २०७८
अनेरास्ववियु बाजुराकाे अध्यक्षमा दिलबहादुर थापा भाेटे

बाजुरा __ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु) बाजुरा जिल्ला कमिटीको अध्यक्षमा दिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अनेरास्ववियु बाजुराकाे १० औं जिल्ला सम्मेलनबाट त्यस्तै उपाध्यक्ष बलराज उपाध्याय, सचिव हिक्मत रोकाया, सहसचिव शुशिला कुमारी मिजार, प्रेम नेपाली र नन्दबहादुर खत्री, काेषाध्यक्षमा किसन जङ्ग खत्री लगायत ४५ जना सदस्यहरू चयन भएका छन् ।
बुधबारबाट मार्तडीमा सूरू भएकाे अनेरास्ववियुकाे दशाैं जिल्ला सम्मेलनकाे प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश राेकाया प्रमुख अतिथि रहेका थिए । सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य कृष्ण कुमार बम, केन्द्रीय सदस्य राजिव राेकाया, जंग विक लगायत १ सय बढी विद्यार्थी सहभागी भएका भएका थिए । सम्मेलन मार्तडीकाे अपि कटेजमा सम्पन्न भएकाे हाे ।

नयाँ निर्वाचित कमिटीमा अध्यक्ष दिलबहादुर थापा भोटे, उपाध्यक्ष बलराज पाध्याय, सचिव हिक्मत रोकाया, सहसचिव प्रेम नेपाली, सुशिला मिजार, नन्दबहादुर खत्री र कोषाध्यक्षमा किसनजंग खत्री चयन भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार