शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • २३ बर्षिय समि बिष्ट एमाले जिल्ला कमिटि सदस्य

२३ बर्षिय समि बिष्ट एमाले जिल्ला कमिटि सदस्य

  • बिहिबार, पुस २९, २०७८
२३ बर्षिय समि बिष्ट एमाले जिल्ला कमिटि सदस्य

बाजुरा– नेकपा एमाले बाजुराको जिल्ला कमिटि सदस्यमा २३ बर्षिय समि बिष्ट जिल्ला कमिटि सदस्य निर्वाचित भएकि छन् । एमाले बाजुराको सातौ जिल्ला अधिबेशन बाट बाजुरामा सबै भन्दा कम उमेरमा जिल्ला कमिटि सदस्य निर्वाचित भएकि हुन् ।
देशमै सबै भन्दा कान्छि जिल्ला कमिटि सदस्य निर्वाचित भएको भन्दै देशभरका अखिल युवाहरुले उनलाई बधाई दिएका छन् । बुढिगंगा नगरपालिका ७ घर भएकि बिष्ट २०७० साल देखि अखिलको राजनीतिमा सक्रिय भएकि थिईन् ।
बिष्टले क्याम्पस कमिटी, जिल्ला कमिटी हुँदै अनेरास्ववियु को केन्द्रिय कमिटी सदस्य बनिसकेकि थिईन् । अनेरास्वीयुको राजनिति बाट नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य बनेकी हुन् । बिष्ट जिल्ला कमिटि सदस्य आउनुले युवाहरुलाई पनि नेकपा एमाले बाजुराले भुमिका ल्याएको देखिन्छ । समि नेकपा एमाले नेता मिन बहादुर बिष्टकि छोरी हुन् ।
बिष्टले भनिन्, एमाले बाजुराले आफुलाइ महत्वपुणर् जिम्मेवारी दिएको यसलाई कुशलता पुर्वक निर्वाह गर्ने वताएकि छन् । सक्रिय राजनितिको पहिलो खुटकिलो रहेको यसलाइ सदुपयोग गरेर पाटिको हितमा काम गर्ने वताईन् । बिष्ट भन्छन्, राजनितक शुरुवात स्कुल देखि नै हो तर घरको सपोर्ट थिएन् । त्यो बेला पार्टी संगठनले आयोजना गरेका कार्यक्रममा जानको लागि लुकेर या घरका मान्छेलाइ छलेर जाने गरेको वताईन् ।
काउन्सिलको चुनाव लड्न पर्यो भन्ने प्रस्ताव आयो तर चुनावको बेला घरबाट क्याम्पस जानै रोक लगाइयो बिष्टले थपिन् । घरका मान्छे राजनितीमा अबुझ त कोहि पनि थिएनन् तर बुवाले पुरै जीवन राजनितिमा बिताउँदा धेरै दुःख कष्ट अनेकन बाधा अडचनहरु झेल्न परेको थियो, त्यही दुःख छोरीले झेल्न नपरोस् भन्नेर मलाई निषेध गरिएको थियो ।
मैले घरमा पटक पटक म आफ्नै अडानमा रहेर जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार छु भनेर कुनैपनि हालतमा बुवाको कुरा स्वीकार गरिन्, । वुवाले पार्टीको लागि गरेको संघर्ष त्याग, तपस्या, बलिदान र दुःख पीडातहरुलाई एक् दिन् अवश्य पनि पुरा गरेर वुवाको समाज रुपान्तरणको सपनालाई साकार गरेरै छोड्छु भन्दै लागिरहेको बिष्टले वताईन् । अहिले भने घरपरिवार बाट पनि साथ समर्थन र सहयोग भइरहेको वताईन् । धेरैले त कलिलो उमेरमा जिल्ला कमिटि सदस्य भईन्, भनेर आलोचना गर्छन होला, तर म आफ्नो जिम्मेवारी पुरा गर्न कहिले पछाडि नहट्ने वताईन् ।

चर्चामा

सम्बन्धित समाचार