शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • मन्त्री रेनु यादवको कार्यक्रममा कालो झण्डा देखाउने ५ कार्यकार्ता जनमत पार्टीका पक्राउ 

मन्त्री रेनु यादवको कार्यक्रममा कालो झण्डा देखाउने ५ कार्यकार्ता जनमत पार्टीका पक्राउ 

  • बिहिबार, माघ ६, २०७८
मन्त्री रेनु यादवको कार्यक्रममा कालो झण्डा देखाउने ५ कार्यकार्ता जनमत पार्टीका पक्राउ 

एम एल यादव/ रौतहट  — रौतहटको सदरमुकाम गौर स्थित जनमत पार्टी लगायतका किसानहरुले कालो झण्डा सहित बिरोध प्रदर्सन गरेको हो। जनमत पार्टी विगत तिन हफ्ता देखि किसानको माग पुरा गराउन सरकारको ध्यानाकर्षण गराउदै पार्टी नेताकार्यकर्ता आन्दोलित बन्दै गएको देखिन्छ ।
किसानको माग पुरा नभए सम्म संघिय सरकार एवं प्रदेश सरकारका मन्त्री हरुलाई मधेश प्रवेशमा निषेध गरेको जनमत पार्टीले पत्र पनि जारी गरेको थियो।
मधेस सहादत दिवस २०७८ को अवसरमा भौतिक पूर्वाधार विकास मन्त्री मा.रेनु यादवले समाजवादी युवा संघ नेपाल रौतहटको जिल्ला स्तरीय युवा भेला सभाको प्रमुख अतिथिको रुप आगमन हुनु पूर्व देखि फाठामा कालो झण्डा बाधेर बिरोध गरेका जनमत पार्टी केन्द्रीय सदस्य ललित मलित सानुले बताए।
बिरोध प्रदर्सन गौर बजार स्थित रहेको गुप्ता पेट्रोल नजिक चौक देखि बिपि चौक सम्म कालो झण्डा सहित नारावाजी गर्दै गरिएको हो । भौतिक पूर्वाधार मन्त्री मुर्दावाद ,किसानको माग जाईज हो,किसानको माग पुरा गर,कृषि मन्त्री योगेन्द्र यादव मुर्दावाद जस्ता नारा सहित बिरोध प्रदर्सन गरिएको हो।
ठाउँ ठाउँमा नारावाजी ,टायर बाली प्रदर्शन गर्दा प्रहरी र जनमत पार्टी नेताकार्यकर्ता बिच झडप पनि भएको जसमा ज्वाला रणविर, साहालम, प्रभु यादव, अशोक सिंह, जोखन जयसवाल सहित पक्राउ परेको केन्द्रिय सदस्य ललित मल्लित सानुले बताए।

चर्चामा

सम्बन्धित समाचार