बडिमालिका नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको अन्तीम चरणमा
बाजुरा — बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एक देखि तिनसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागेको बडिमालिका नगरपालिकाका […]