बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुरा उद्योग वाणिज्य संघको ८औँ अधिवेशनकाे उद्धघान समाराेह सम्पन्न बन्दसर्त जारी

बाजुरा उद्योग वाणिज्य संघको ८औँ अधिवेशनकाे उद्धघान समाराेह सम्पन्न बन्दसर्त जारी

  • शनिबार, जेष्ठ १६, २०८३
सेयर गर्नुहोस् :
बाजुरा उद्योग वाणिज्य संघको ८औँ अधिवेशनकाे उद्धघान समाराेह सम्पन्न बन्दसर्त जारी

बाजुरा– बाजुरा उद्योग वाणिज्य संघको २५औँ साधारण सभा तथा ८औँ अधिवेशनकाे उद्घाटन समाराेह  सम्पन्न भएको छ। संघले मार्तडीमा आयोजना गरेको अधिवेशन तथा साधारण सभामा जिल्लाका व्यवसायी, उद्योगी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। अधिवेशनमा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रतिबेदन प्रस्तुत गरिएका थिए । व्यवसायीहरूको हकहित संरक्षण, जिल्लाको आर्थिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा वक्ताहरूले बाजुराको व्यापार तथा उद्योग क्षेत्रलाई थप सशक्त बनाउन निजी क्षेत्र र सरकारबीचको सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले जिल्लामा सडक, विद्युत्, सञ्चार लगायतका पूर्वाधार विकाससँगै व्यापारिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरे। संघले व्यवसायीहरूका समस्या समाधान, उद्यमशीलता विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायिक वातावरण सुधारका लागि पहल जारी राख्ने जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम रोकायाले बाजुराको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उद्योग, व्यापार तथा उद्यमशीलताको प्रवर्द्धनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे। त्यसै गरि  विशिष्ट अतिथि तथा बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन र लगानीको वातावरण निर्माणमा उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अघि बढ्ने बताए।

बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले व्यवसायीहरूको समस्या समाधान र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले ग्रामीण क्षेत्रमा उत्पादन वृद्धि र उद्यमशीलता विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराका जिल्ला अध्यक्ष नवराज जैशी, नेपाली कांग्रेसका प्रतिनिधि चक्र शाह, नेकपा एमाले बाजुराका सचिव काशी विक, नेकपाका प्रतिनिधि चन्द्र थापा, गैसस महासंघका अध्यक्ष धर्म रोकाया तथा नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विकले समेत शुभकामना मन्तव्य राख्दै निजी क्षेत्रलाई सशक्त बनाउँदै जिल्लाको आर्थिक विकासमा साझा प्रयास आवश्यक रहेको बताएका थिए।
वक्ताहरूले बाजुरामा लगानीमैत्री वातावरण निर्माण, पूर्वाधार विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास तथा व्यवसायीका हकहित संरक्षणमा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनमा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। कार्यक्रममा व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती तथा सम्भावनाका विषयमा समेत व्यापक छलफल भएको संघले जनाएको छ।
बाजुरा उद्योग वाणिज्य संघले आगामी दिनमा व्यवसायिक वातावरण सुधार, उद्यमशीलता विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देब बहादुर राेकायाकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम राेकाया रहेका थिए । बिषिष्ठ अतिथिहरुमा बडिमालिका नगर प्रमुख अमर खड्का, बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानिया, खप्तड छेडेदह गाउपालिका अध्यक्ष दिल बहादुर रावत, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष नवराज जैशी, नेपाली काग्रेसका प्रतिनिधि चक्र शाह, नेकपा एमाले बाजुराका सचिव कासी विक, नेकपा प्रतिनिधि चन्द्र थापा गैसस महासघका अध्यक्ष  धर्म राेकाया नेपाल पत्रकार महासघका उपाध्यक्ष रमित विक लगायत उध्याेगी ब्यापारीहरुकाे सहभागीता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार