बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • जिल्ला अस्पताल बाजुरामा अत्याधुनिक एक्सरे मेसिनको उद्धाटन

जिल्ला अस्पताल बाजुरामा अत्याधुनिक एक्सरे मेसिनको उद्धाटन

  • बिहिबार, साउन ४, २०८०
जिल्ला अस्पताल बाजुरामा अत्याधुनिक एक्सरे मेसिनको उद्धाटन

बाजुरा — जिल्ला अस्पताल बाजुरामा अत्याधुनिक एक्सरे मेसिनको उद्धाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच जिल्ला अस्पतालमा सो मेसिनको उद्धाटन गरिएको जिल्ला अस्पतालका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन ।

मेसिनको बटन थिचेर उद्धाटन बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले गरेका थिए । उक्त मेसिनको उद्धाटन भएसंगै अस्पतालमा आउने अप्रेशन गर्नुपर्ने खालका बिरामी तथा हाड जोर्नीलगायतका बिरामीलाई उपचारमा थप सहज हुने हाड जोर्नी तथा नसा रोग बिशषज्ञ डाक्टर रोशन भटराइले बताएका छन ।

अत्याधुनिक एक्सरे मेसिन (carm) ले जटिल प्रकारका एक्सरे हुने तथा अप्रेसनमा समेत ठुलो सहयोग पुग्ने भएको छ । अस्पतालमा डाक्टर मात्र भएर नहुने भएकाले आफुले जति सेवा दिनुपर्ने थियो, त्यति सेवा दिन नसकिएकाले अहिले उपलब्ध सा्रेत साधनले बिरामीलाई उपचारमा सहयोग पुग्ने डाक्टर भटराइले बताए ।

उक्त मेसिन सुगम जिल्लामा अहिले पनि नभएको अवस्थामा दुर्गम जिल्ला बाजुरा अस्पतालमा आउनु अस्पतालको ठुलो उपलब्धि भएको पनि डाक्टर भटराइले बताए । डाक्टर भटराइल भने हड्डी भाचिएको बिरामीलाई पनि अप्रेशन गर्नु पर्ने बाध्यता रहदै आएकोमा अबदेखि उक्त मेसिनबाटै हड्डीमा रड् लगाउन सकिने बताए । No description available.

बाजुरा अस्पतालनमा आज एकजना बालकको उक्त मेसिनबाट हाडजोर्नीसम्बन्धी शल्यक्रिया गरिने डाक्टर भटराईले बताए । अहिले ल्याएको मेसिनको सहायताले मानिसको शरीर भित्रको हड्डी मिलाएर उपचार गर्न धेरै सहज हुने उनले वताए ।

बाजुरा अस्पतालनमा यसअघि सामान्य खालका हाडजोर्नीको अप्रेशनहरु हुदै आएको थियो । जटिल खालको अप्रेशन गर्नका लागि बयालपाट, धनगढी, नेपालगन्ज लगायतका ठाउँमा रिफर गर्नुपर्ने बाध्यता रहेको थियो ।

बाजुरा जस्तो दुर्गम ठाउँमा यो मेसिन आएर याँहाका जनताले सेवा सुविधा पाउनु निकै महत्वपुर्ण पक्ष रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । No description available.

मेसिन उद्धाटनमा जिल्ला अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्की, सुचना अधिकारी नृप गिरी, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का, अस्पतालका कर्मचारीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार