शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • झिलिमिली बडीमालिका मन्दिर

झिलिमिली बडीमालिका मन्दिर

  • बुधबार, साउन १७, २०८०
झिलिमिली बडीमालिका मन्दिर
बाजुरा–सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिर झिलिमिल देखिने गरेको छ । बडिमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यलय बाजुरा, बाजुरा डोटि समाज, बझाङ्गि बाजुरा समाज, नेपालि सेना, शसस्त्र प्रहरी लगायतले रङ्ग रोगन, सरसफाइ, व्यवस्थापन तथा पुर्ननिर्माण गरेपछि मन्दिर झिलिमिल देखिएको प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाले वताएका छन् ।
No description available.
मार्तडीमा रहेको बडीमालिकाको मन्दिर सरसफाइ र ब्यबस्थापनमा खासै कसैले ध्यान दिएको दिएन्, यसलाइ राम्रो बनाउनु पर्छ भनेर हामिले पहल गरेपछि अहिले मन्दिरको शौन्दर्यता बढेको प्रजिअ खडकाले बडीमालिका खबर सँग बताएका छन् । कसैले सामान सहयोग गरे भने रङ्ग रोगन भने नेपाली सेना र शसस्त्र प्रहरीले गरेका थिए ।
बडीमालिकामा साउन शुल्कपुर्णीको अघिल्लो दिन मेला सँगै पुजा लाग्ने गरेको छ । यो बर्ष भदौ १३ गते बडीमालिका बडीमालिकामा मेला लाग्ने गरेको छ । मेला मात्र नभइ अहिले पनि मडीमालिाका त्रिवेणी जानेको निकै घुँइचो लागेको छ ।
देशकै चर्चीत धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।
बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपुणीमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्थे । बिगत दुई बर्ष यता अन्य समयमा पनि बडिमालिका क्षेत्रका पाटनहरुको दृश्यवलाकोन गर्नेको संख्या निकै बढ्ने गरेको पाईएको छ ।
बडिमालिका पुुगेका स्थानिय शेर बहादुर रावत भन्छन्, बडिमालिका क्षेत्र निकै स्वर्ग जस्तै लागेको उनले वताए । बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना, ठुला ठुला पाटन, खासे मैदान आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ ।  पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै निकै रमाइलो हुने गर्दछ । बडिमालिका क्षेत्र बाट सैपाल लगायतका हिमालहरुको दृश्य अबलोकन गर्न सकिन्छ ।
No description available.
पाटनमा भेडा, खोडाका लागि निकै चरन क्षेत्रका रुपमा रहेका छन् । बडिमालिका क्षेत्रमा यो समयमा ५० हजार भन्दा बढी भेडाको चरिचरन गर्ने गरेका छन् । बाजुरा, हुम्ला, कालिकोट, मुगु लगायतका क्षेत्र बाट भेडाहरु ल्याएर बैशाख देखी भदौ सम्म चरिचरन गराउने गरेका छन् ।
प्राकृतिक हिसाबले भरिपुर्ण त्यस क्षेत्रको पर्यटकिय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासी गुनासो रहेको छ । जाने बाटो र बिच ठाउँमा बस्ने बासस्थान नहुदा हिउँको दृश्य अबलोकन गर्न र बडिमालिका पुुग्न निकै असहज हुुने गरेको छ । सदरमुकाम मार्तडी बाट अन्य समयमा पनि आन्तरीक पर्यटक बडिमालिका क्षेत्रका पाटनमा पुुगेर दृश्य अबलोकन गरिरहेका छन् ।
No description available.
बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टर मार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपुर्णिमाको दिनमा लाग्ने गरेको छ । जनैपुर्णिमाको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिर बाट समेत दर्शनाथि मेला भर्न आउने गरेको कैलाशमाण्डौका दिर्घराज जोशिले बताएका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिबेणिमा बास बस्ने प्रचलन रहेको छ । बडिमालिकाको पुजाआज गरेपछि ईच्छाएको बरदान हुने बडिमालिकाका पुजारी भानुभक्त पाध्याले बताएका छन् ।
No description available.
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार