सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ८ दशमलव ७ प्रतिशत जनसंख्याकाे जन्मदर्ता नभएकाे

बाजुराका ८ दशमलव ७ प्रतिशत जनसंख्याकाे जन्मदर्ता नभएकाे

  • शनिबार, साउन ६, २०८०
बाजुराका ८ दशमलव ७ प्रतिशत जनसंख्याकाे जन्मदर्ता नभएकाे

बाजुरा– नेपालको जनगणना २०७८ अनुसार बाजुरा जिल्लामा रहेको कुल जनसख्याको ८ दशमलव ७ प्रतिसत जनसंख्याले जन्मदर्ता नभएको पाइएको छ । जनगणना २०७८ को तथ्याकंकमा १ लाख ३८ हजार ५ सय २३ जनसंख्याको ८ दशमलव ७ प्रतिशत जनसख्या जन्मदर्ता नभएको देखाएको हो ।
नेपालको कानुन अनुसार कुनै पनि ब्यक्ती जन्मेको ३५ दिन भित्र अनिबार्य जन्मदर्ता गर्न भनिएको भए पनि बाजुरामा भने करिव ९ प्रतिशतले अझै जन्मदर्ता नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
हिमाली गाउँपालिकामा जन्मदर्ता नभएका ५ दशमलव ६ प्रतिशत रहेको छ । त्यसै गरि गौमुल गाउँपालिकामा ५ दशमलव १ प्रतिशत रहेकाे छ ।

No description available.

त्यसै गरि बुढिनन्दा नगरपालिकामा ११ दशमलव ५ प्रतिशत, स्वामिकार्तिक खापर गाउँपालिकामा ७ दशमलव ८ प्रतिशत, जगन्नाथ गाउँपालिकामा ६ दशमलव ४ प्रतिशत, बडिमालिका नगरपालिकामा १० दशमलव २ प्रतिशत, खप्तड छेडेदह गाउँपालिकामा ८ दशमलव २ प्रतिशत, बुढिगंगा नगरपालिकामा ९ दशमलव ४ प्रतिशत र त्रिबेणी नगरपालिकामा ९ दशमलव ४ प्रतिशत जनसंख्याको जन्मदर्ता नभएको उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार