सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • ९ बर्षिय बिरामी छोरि बचाउनका लागि हारगुहार गर्दै राम

९ बर्षिय बिरामी छोरि बचाउनका लागि हारगुहार गर्दै राम

  • आइतवार, साउन १४, २०८०
९ बर्षिय बिरामी छोरि बचाउनका लागि हारगुहार गर्दै राम

बाजुरा–बडिमालिका नगरपालिका ७ बस्ने राम बहादुर दमाइ ९ बर्षिय बिरामी छोरी बचाउनका लागि हारगुहार गरिरहेका छन् । रामले जेनतेन गरेर ९ बर्षिय छोरि सुस्मिता दमाइलाइ सेति प्रादेशिक अस्पताल धनगढी पुगाएका छन् ।

सुस्मिता अर्धचेत अबस्था छन्, भने उनको शरिर पुरै सनिएको छ । ज्वरो आउने, बान्ता हुने जस्ता समस्याले थलिएकि छन् । बिरामी भएपछि अस्पताल बाजुरामा सुस्मितालाइ पुयाए । अस्पताल बाजुरामा सञ्चो नहुने भन्दै सेति प्रादेशिक अस्पताल धनगढि रिफर गरेको थियो । धनगढी सम्म नगरपालिका र अस्पतालको सहयोगमा एम्बुलेन्स मार्फत धनगढी पुयाएको आफन्त प्रेम नेपालीले वताएका छन् ।

आर्थिक अबस्था निकै कमजोर रहेका रामालाइ अहिले छोरीको उपचारमा एक पत्ता सिटामोल किन्ने पैसा समेत नभएको वताएका छन् । अस्पतालमा भर्ना गर्ने पैशा थिएन्, हारगुहार गरे भर्ना गरेको छु, थप उपचारका लागि भने पैसा नभएको रामले वताएका छन् ।

रामको परिवार बिपन्न तथा क बर्गको गरिब परिवारमा पर्ने गरेका छन् । सामान्य भर्ना गर्न समेत पैसा छैन्, थप उपचार गर्न निकै समस्या हुने रामले वताएका छन् । राम छोरि बचाउनका लागि सेति प्रादेशिक अस्पतामा हारगुहार गरिरहेका छन् । सहयोगका लागि उनि आफन्त तथा सहयोगिलाइ आग्रह गरेको उनले वताएका छन् ।

अस्पतालमा केहि उपचार निशुल्क भएपनि जटिल उपचार तथा कुरुवाको खान बस्न निकै समस्या भएको स्वास्थ्यकर्मी शंकर बहादुर सिंहले वताएका छन् । उनि सँगै एक बोतल पानि किन्ने पैसा समेत नभएको सिंहले वताएका छन् । राम ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए, छोरि नै बिरामी भएपछि उनि समस्यामा परेका छन् । एकातिर छोरि बिरामी अर्कोतिर परिवार बिचच्लीमा रहेको रामले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार