मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा दिउँसो किन जान्छ बिजुली ?

बाजुरामा दिउँसो किन जान्छ बिजुली ?

बिजुली नियमित नहुँदा सेवा प्रवाहमा समस्या

  • बिहिबार, साउन १८, २०८०
बाजुरामा दिउँसो किन जान्छ बिजुली ?

टेक बहादर बुढा–बाजुरामा राष्ट्रिय प्रशारण केन्द्रको बिजुली दिउँसो प्राय समय नआउने गरेको छ । राति केही समय आउने भएपनि दिउसो भने अनियमित हुने, आउने जाने भइरहदा समस्या भइरहेको छ ।

राष्ट्रिय प्रशारण केन्द्रको बिजुली बाजुराको सदरमुकाम मार्तडीमा लगायत केही स्थानिय तहका गाउँमा बिस्तार रहेको छ । सदरमुकाम मार्तडीमा बत्ती आउने जाने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले वताएका छन् ।
जिल्लाका केहि सरकारी कार्यालयमा सोलार भएपनि धेरैजसो कार्यालयहरुमा सोलार नभएकाले बत्ती नहुँदा सेवा प्रवाह नै ठप्प हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । मार्तडीमा रातभरि बत्ती आउने भएपनि बिहान उज्यालो हुने बित्तिकै बत्ती जाँदा सेवा प्रवाहमा समस्या हुने गरेको स्थानिय बल बहादुर रोकायाले वताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पनि सोलारले काम गर्ने नभएकाले बत्ती जाने बित्तिकै सम्पुर्ण कामकाज रोकिने गरेको बताइएको छ । जिल्लाका टाढा टाढा ठाउँबाट पासपोर्ट, नागरिकता लगायतका कामका लागि प्रशासन आउँछन तर बत्ती नहँुदा काम नभएपछि प्रशासन कुर्ने गरेका एक सेवाग्राहिले वताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने कामकाजलाई निरन्तरता दिन कार्यालयमा सोलार जडानको तयारी थालेको जनाएको छ । दिनभर बत्ती नहँदा सदरमुकामका सबै कार्यालयहरुमा कामकाज ठप्प जस्तै हुने गरेको छ ।

बत्ती जानुको कारण यस्तो छ !

यस बिषयमा बडीमालिका खबरको टिम बिद्युक्त प्राधिकरण वितरण केन्द्र मार्तडी पुगेको थियो । बिद्युत वितरण केन्द्र बाजुराका अनुसार दिपायल देखि साफेबगरसम्म ३३ केभि प्रसारणमा रहेको छ । त्यसको ३३ केभिमा साँफेबाट बाजुरा मार्तडीसम्म ११ केभि प्रसारण भइरहेको जनाएको छ ।

अछामको ७० प्रतिशत लोड र बाजुराको पुरै लोड साँफेफिडरमा जोडिएकाले यसको कुनै ठाउँमा लाइन अबरुद्ध हुँदा पुरै ३३ केभि लाइन अबरुद्ध हुने गरेको छ । त्यो पनि एउटा कारण बाजुरामा बिद्युत अबरुद्ध हुने गरेको विद्युत वितरण केन्द्र बाजुराले बताएको छ ।
बिद्युत वितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले बडिमालिका खबरसंग भने डोटीबाट आएको ३३ केभि र अछामको लाइन एउटै साफेफिडरको ट्रान्र्सफरमरमा जोडिएकाले ति दुई मध्ये एउटा लाइनमा समस्या हुने बित्तिकै बाजुरामा बत्ती अबरुद्ध हुने गरेको बताए । स्याउलेबाट डोटी आउने लाइनमा समस्या हुँदा पनि त्यहि ३३ केभिकै लाइन काटिने हुँदा साफे हुदै बाजुरासम्मको बत्ती अबरुद्ध हुने गरेको वितिरण केन्द्रका प्रमुख मण्डलले बताए ।

डडेल्धुरा हुदैँ साँफे मार्तडी बिद्युत प्रसारण लाइन धेरै लामो भएकाले कुनै एक ठाउँमा समस्या हुने बित्तिकै सबै ठाउँमा बत्ती जाने गरेको मण्डलले थपे । प्रसारण लाइन धेरै टाढासम्म जोडिएको छ, एक त बर्षातमा कुनै ठाउँ बाढी पहिरोले बिद्युत अबरुद्ध हुने गरेको र यसको प्रमुख समस्या साँफेको ट्रान्र्समिटरमा नै रहेको बताए । प्रमुख मण्डलले भने निरन्तर बिद्युत अबरुद्ध हुने क्षेत्रमा टोली निरन्तर खटिरहेको र अब डोटी हुदैँ साफेसम्मको ३३ केभिमा मार्तडीसम्मको ११ केभि नजोडेर सिधै ३३ के भि बाटै लाइन जडान गरेमा यो समस्या कम हुने बताएका छन ।

सदरमुकामा मार्तडीमा पुरानो रहेको मार्तडी साना लघुजलबिद्युक्त भने बन्द रहेको छ । नहर पनि क्षतबिक्षेद अबस्थामा भने मेसिन पनि बिग्रने अबस्थामा पुगेको रहेको छ । बिद्युक्त अनियमित हुँदा मार्तडीमा रहेका सञ्चारमाध्यम समेत प्रभाबित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार