सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर्थीक अभाबमा अलपत्र ६ बर्षिय बालकको काठमाडौमा उपचार हुदै

आर्थीक अभाबमा अलपत्र ६ बर्षिय बालकको काठमाडौमा उपचार हुदै

  • मङ्लबार, साउन ९, २०८०
आर्थीक अभाबमा अलपत्र ६ बर्षिय बालकको काठमाडौमा उपचार हुदै
बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने बासमती थापाको ६ बर्षको छोरा शंकर डडाल उपचार काठमाडौमा भइरहेको छ ।
२ बर्ष देखी आर्थिक अभाबमा बिचल्लीमा परेका शंकरको काठमाडौमा रहेको मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । उनि अलपत्र परेको समाचार बडिमालिका खबर, नेपाल टेलिभिजन, दि हिमालयन टाईम्समा प्रकाशित पछि अमेरिकन नागरिक Justin Flores को सहयोगमा उपचार शुरु भएको हो ।
शंकरको पहिलो अप्रेसन सफल भएर थप उपचार भइरहेको अस्पतालले जनाएको छ । उसको उपचारमा झण्डै ५ महिना बढी समय लाग्न सक्ने चिकित्सले वताएका छन् । उनको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
 शंकरको खुट्टा २ बर्ष देखी घाउ भएको छ, अस्पातलले रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र अबस्थामा रहेका थिए । दि हिमालयन टाइम्समा शंकर अलपत्र परेको समाचार प्रकाशित पछि बाजुरा बाट शंकरको पुरै परिवार उद्धार गरेर उपचार शुरु गरेको अमेरिकन नागरिक Justin Flores ले बताएका छन् । उनको उपचारमा हुने सम्पुर्ण खर्च आफै सहयोग गर्ने उनले वताएका छन् ।
जिल्ला अस्पताल बाजुराले पटक पटक रिफर गर्दै आएको थियो । जिल्ला अस्पताल बाट अछामको बयलपाटा अस्पतालमा ७ पटक उपचारमा लगेका थिए । बयलपाटा अस्पतालमा पनि सञ्चो नहुने भन्दै धनगढी, नेपालगञ्ज, काठमाडौ रिफर गरेपनि पैसा नभएर घर ल्याउने गरेको बुवा दान बहादुर डडालले वताएका छन् । अहिले काठमाडौमा उपचार भइरहेको छ, सहयोग नपाएको भए छोरा उपचार अभाबमा मर्ने अबस्था भएको दानले वताएका छन् ।
शंकरको खुट्टामा घाउ पाक्ने गरेका छन् । जग्गा बेचेर अछामको बयलापटा अस्पताल सम्म उपचारमा लगेको थियौ, त्यहाँ ठिक भएन्, अन्यत्र लिन पैसा नहुदा उपचार हुन नसकेको आमा बासमती थापाले वताईन् । बासमती दुबै आँखा देख्न सक्दैनन् भने श्रीमान दान बहादुर अशक्क्त र राम्रो सँग बोल्न सक्दैनन् ।
बासमती छोराको साहारामा हिडडुल गर्ने गरेकि छन् । उनको ५ जनाको परिवार रहेको छ । श्रीमान र छोरा बिरामी सँगै उनको परिवारमा चरम खाद्य संकट भएको छ । श्रीमानले काम गरेर वा कसैले दिएपछि खाने गरेका थियौ, श्रीमान पनि अशक्त्त भएपछि खाद्यन्नको जोहो गर्न पनि निकै धौ धौ भएको बासमतीले वताईन् ।
बासमतीको छोरा शंकरको खुट्टामा घाउ पाकेर पिप बगिरहेको छ । आफु आँखा देख्दैन, अर्को पैसा छैन्,  छोरालाइ उपचार गर्न लग्ने कुनै उपाय नभएको बासमति थापाले वताईन् । आर्थिक नभएपछि नत उपचार गर्न सकेकि छन्, नत खाद्यन्नको ब्यबस्थापन गर्न नसकेको बासमतीले वताईन् । चिकित्सकले पटक पटक काठमाडौ तथा सुबिधा सम्पन्न अस्पताल लग्ने भनेपनि पैसा नहुदा अलपत्र अबस्थामा रहदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार