सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ४ सय ५८ घर परिवारसँग छैन शौचालय

बाजुराका ४ सय ५८ घर परिवारसँग छैन शौचालय

  • शनिबार, साउन १३, २०८०
बाजुराका ४ सय ५८ घर परिवारसँग छैन शौचालय

बाजुरा‍‍– नेपालको जनगणना २०७८ अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार पाचँ सय २३ छ । जनगणनाको तथ्यांक अनुसार बाजुराका २४ हजार ९ सय ८ परिवार रहेको र ति मध्य ४ सय ५८ घर परिवारमा शौचालय नभएको तथ्याँक छ ।
जनगणनाको तथ्याँक अनुसार बाजुराका १८ हजार ५ सय २९ घरपरिवारको सेप्टी ट्याकी सहितका शौचालय रहेको उल्लेख गरिएको छ । त्यसै गरी साधारण खाल्डो सहितका शौचालय भएका परिवार संख्या ८ हजार ५ सय ४९ र सार्वजनिक सौचालय ८९ रहेको तथ्याकंमा उल्लेख गरिएको छ ।

No description available.
नेपालकै सोह्रौं जिल्लाको रुपमा बाजुरा २०७१ मंसिर १२ गते जिल्ला खुला दिसामुक्त घोषणा गरी पुणर् सरसफाइका कार्यक्रम संचालनमा रहेका छन । तर बाजुरामा अझै ४ सय ५८ परिवारको शौचालय नहुँदा पुणर् सरसफाईका कार्यक्रमहरु पनि प्रभाबित हुने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहले आफ्नो पालिकामा कसको शौचालय छैन सो पहिचान गर्न आबस्यक रहेको नागरिक अगुवा बताउछन ।
बाजुरामा ७ सय ४ परिवार बिद्युतबाट बन्चीत रहेको तथ्याकंमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार