सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • लैङ्गिक हिंसा निवारण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा निवारण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सोमवार, साउन २२, २०८०
लैङ्गिक हिंसा निवारण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा — लैङ्गिक हिंसा निवारण कोषका सम्बन्धमा सरोकारवालहरुासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत दोस्रो चरणमा जिल्लाका सरोकारवाला तथा लैङ्गिक विभेदका सवालमा काम गर्न निकायसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिकाको समन्वय र पीसविन बाजुराको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरेको पीसविन बाजुराले जनाएको छ । समाजमा हुने लैङ्गिक हिंसाका विभिन्न घटनाहरु कसरी निवारण गर्न सकिन्छ तथा उक्त परियोजनाले गरिरहेका कार्यक्रमहरुलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको जिल्ला परियोजना संयोजक त्रिभुवन शाहले बताएका छन ।

त्यस्तै लैङ्गिक हिंसाका घटना निवारणका लागि स्थानिय पालिका तथा सरोकारवालासंग समन्वय सहकार्य गरेर अगाडि बढ्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको परियोजनाले जनाएको छ । लैङ्गिक विभेदमा आधारित विभिन्न किसिमका घटनाहरुको रोकथाम तथा प्रतिकार्यका लागि पीसविन बाजुराले विगत तिन बर्षदेखि विभिन्न चरणका कार्यक्रम सञ्चालन गदै आएको छ ।

सन् २०२० मा उक्त परियोजनाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि विद्यालय तथा समुदायमा रुपान्तरणका कार्यक्रम समेत सञ्चालन गर्दै आएको परियोजना संयोजक शाहले बताए । उक्त परियोजना जिल्लाको बुढिगंगा र बडिमालिका नगरपालिकामा लागु भएको छ ।

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परयिोजना मार्फत दुवै नगरपालिकाका ९ विद्यालय तथा समुदायमा रुपान्तरणका कार्यक्रम गरिरहेको छ । ९ वटै विद्यालयमा हरेका हप्ताको शुक्रबार २० जना छात्र र २० जना छात्रा राखेर र अन्य कुनै दिन अरु बिद्यार्थीहरुसंग लैङ्गिक हिंसाका बारेमा छलफल गर्ने गरेको जनाएको छ ।

कहिले काही विद्यार्थीको समय नपुगरे कार्यक्रममा बाधा पुग्ने तथा समाजमा केहिले जनचेतनामुलक कार्यक्रम भन्दा पनि राहतका कार्यक्रमको अपेक्षा हुनु तथा हिंसाका घटना बढ्नुमा कार्यक्रम प्रति गलत बुझाइले केहि समस्या भइरहेकाे पीसविनले जनाएको छ ।

लैङ्गिक हिंसाका घटनाहरु निवारणका लागि उक्त परियोजनाले आगामी दिनमा थप संयुक्त कार्यक्रमको अनुगमन गर्ने, विबाहित जोडि संवाद, पारिवारिक संवाद तथा समुहगत रुपमा छलफल गर्न रुपान्तरणका कार्यक्रमलाई निरन्तरता दिनुका साथै समाजमा धामी झाक्री तथा सरोकारवालासंगको अभियानका साथ लाग्ने परियोजनाको आगामी रणनिति रहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम बडिमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको थियो । बडिमालिका नगरपालिका नगरउपप्रमुख नन्दा थापाको अध्यक्षतामा सुरु भएको अन्तरक्रिया कार्यक्रममा बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकाया, युनयपपिए बाजुरा संयोजक आत्मराम न्यौपाने, बडिमालिका नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष तथा सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधि, सुरक्षाकर्मी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार