शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

  • शुक्रबार, जेष्ठ २२, २०८३
सेयर गर्नुहोस् :
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं–परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्। समकक्षी डा.एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी असार २२ देखि २४ गतेसम्म (तीन दिन) भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा व्यापार,लगानी,कनेक्टिभिटी,ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।

दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयको भनाइ छ। परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमण आदानप्रदानको नियमित प्रक्रियाअन्तर्गत हुन लागेको यो भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमै रहेका बेला हुन लागेको परराष्ट्र मन्त्री खनालको भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। सभापति लामिछाने आज स्वदेश फर्किदैछन्।

चर्चामा

सम्बन्धित समाचार