• होमपेज
  • बडिमालिका
  • बर्षाका कारण भत्किएको मार्तडी त्रिबेणी सडक नेपाली सेनाद्धारा मर्मत

बर्षाका कारण भत्किएको मार्तडी त्रिबेणी सडक नेपाली सेनाद्धारा मर्मत

  • शनिबार, साउन २०, २०८०
बर्षाका कारण भत्किएको मार्तडी त्रिबेणी सडक नेपाली सेनाद्धारा मर्मत

बाजुरा– अबिरल बर्षासंगै भत्किएको बडीमालिका नगरपालिका ८ मा रहेकाे मार्तणी त्रिबेणी सडकको नेपाली सेनाले मर्तत गरेका छन । २० गते आएको बर्षासंगै भत्किएको मार्तडी त्रिबेणी अन्तरगत केही ठाँउमा भत्किएकाे सडक दुर्गाभन्जन गुल्मबाट खटिएको टोलीले मर्मत गरेको हो ।  बर्षा संगै सोही ठाउँमा रहेको सडक र बृहत खानेपानीको पाइपहरु समेत बगाएकोले नेपाली सेनाले मर्मत गरेको दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकले जनाएको छ ।
उक्त बाटो संचालन गर्नाले सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण लाभान्वित भएका छन् । सो क्षेत्रमा फेरिपनि बर्षातको समयमा हुन सक्ने अवरोधलाई तत्काल समाधान गर्न नेपाली सेना तैनाथ रहेकाे दुर्गाभन्जन गुल्मले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार