सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

  • शनिबार, असार ३०, २०८०
बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

टेक बहादुर बुढा,बाजुरा —  बाजुरा जिल्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहले समयमै पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि जिल्ला खोप समन्वय समिति बाजुराले पनि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ । No description available.

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ अाज एक  औपचारिक कार्यक्रमका बिच बाजुरा जिल्लालाइ पूर्ण सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हाे ।

९ वटै स्थानीय तहहरुमा १५ महिनामुनिका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले बताएका छन ।

निमित्त जनस्वास्थ्य अधिकृत चन्दका अनुसार जिल्लामा जन्मेदेखि १५ महिनामुनिका तीन हजार  ७३ बालबालिका रहेको तथ्यांक छ,  यसमा  खोप कार्ड भएका   बालबालिका २ हजार ७ सय ६ जना रहेका छन भने  खोप  कार्ड  नभएका ३ सय १९  जना रहेका छन् । No description available.

 बाजुरा जिल्लालाई २०७४ सालमा पूर्ण खाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएपछि हरेक बर्ष जिल्लालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने गरिन्छ ।

खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका १२ जना बालिबालिका रहेका छन् । खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप पाएका ५७  जना बाबालिका रहेका छन् । त्यस्तै १६ देखि ५९ महिनाका बालबालिकाहरुकाे सर्वेक्षण गर्दा ६३ जना बालबालिका जिल्ला बाहिर रहेका अनुमान गरिएकाे छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १५ महिनामुनिका ३ हजार ८८  बालबालिका छन् । ती मध्ये ३ हजार  २५  बालबालिकाले खोप पाएका छन् ।  घोषणा कार्यक्रममा   प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरिय रुपमा अझै अगाडी र यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि  सबैले जिम्मेवार हुनुपर्ने बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् ।

बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा  जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका हुन् ।

समिति प्रमुख  रोकायाकै अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँ, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, त्रिवेणी नगरपालिका  नगरप्रमुख कर्ण थापा, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, नाै वटै पालिकाका स्वास्थ्य स‌याेजक तथा स्वास्थ्यकर्मी,  प्रमुख  जिल्ला अधिकारी पुष्कर खड्का तथा  सुरक्षाा निकायका प्रमुख लगायतकाे  उपस्थिति रहेको थियो ।

घोषणा कार्यक्रमलाई समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन सबैले हातेमालोे गर्नुपर्ने बताएका छन् । जिल्ला भर पुनः सर्वेक्षण गरेर खोप लगाउन छुटेका बालबालिकालाई फेरि खोप लगाउने कार्यक्रम तय गर्ने पनि रोकायाले बताए ।

कार्यक्रममा शुभकामना राख्ने बक्ताहरुले बालापनमै विभिन्न खोप पाएपछि बालबालिकाहरुलाई विभिन्न  रोगबाट बचाउन सकिने धारणा राखेका थिए   । खोप लगाउने कार्यक्रम सञ्चालन नभएको समयमा बालबालिकाहरु विभिन्न रोगबाट ग्रसित हुने गर्थे तर अहिले खोप लगाउने कार्यक्रम सञ्चालन भएपछि यस्तो अवस्था नभएको बताएका छन् ।

घोषणा कार्यक्रममा  खाेप लगाउने अवधिभर तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गर्ने चार जना स्वास्थ्यकर्मीहरुलाई नगतसहित प्रमाण पत्रले  सम्मान  गरिएकाे छ ।  No description available.

जिल्ला खोप समन्वय समिति बाजुराकाे अायाेजनामा सञ्चालन भएकाे घाेषणा कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सञ्चालन भएको  थियाे । उक्त घाेषणा कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, ९ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख एवंम प्रतिनिधिलगायत पत्रकारहरुको सहभागिता रहेको थियो। No description available.

चर्चामा

सम्बन्धित समाचार