सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा डिजिटल प्रबिधि मार्फत सेवा प्रवाह

बडिमालिका नगरपालिकामा डिजिटल प्रबिधि मार्फत सेवा प्रवाह

  • सोमवार, साउन १, २०८०
बडिमालिका नगरपालिकामा डिजिटल प्रबिधि मार्फत सेवा प्रवाह

बाजुरा– बडिमालिका नगरपालिकामा प्रवाह हुने विभिन्न सेवा सुविधाहरु अबदेखि डिजिटल प्रविधिबाट प्रवाह गरिने भएको छ । साउन १ गते बाट डिजिटल प्रबिधि मार्फत सेवा सुचारु गरेको नगरप्रमुख अम्मर बहादुर खड्काले बताएका छन् । सेवा सुचारुको एक कार्यक्रमका माझ उद्घाटन गरिएको छ ।

नगरपालिकाले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट सेवा सुचारु गरेको नगर प्रबक्ता तथा वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । साउन १ गते बाट बडिमालिका नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यबासय दर्ता लगायतका कार्यहरु अनलाईन प्रबिधीबाट शुरु गरेको पाध्यायले बताएका छन् ।

नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरुलाई छिटो छरितो र पार्दशिता बनाउनुका साथै नगरबासीलाई डिजिटल प्रविधिमा जोड्न यो सेवाको सुचारु गरिएको नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन । बिपत्त ब्यबस्थापन, न्यायिक समिति, सामाजिक बिकास, एसएमएस लगायतका कार्यहरु अनलाईन प्रबिधिबाट नै गरिने भएको छ ।

अनलाइन तथा डिजिटल प्रबिधिबाट सेवा सुचारुले स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।

स्थानीय सरकारको डिजिटल अभिलेखिकरण तथा प्रतिवेदन परियोजना स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष (आइपीएफ) सहायक सिद्ध हुने बताएका छन ।

नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको नगरपालिकाले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको नवप्रबर्तन साझेदारी कोष कार्यक्रमसंगको साझेदारीमा नगरपालिकाले डिजिटल प्रबिधि मार्फत सेवा सुचारु गरेको बडिमालिका नगरपालिका सूचना प्रबधि अधिकृत हेम थापाले बताए । पालिकामा नवप्रबद्धन कार्यक्रम मार्फत बडिमालिका नगरपालिकामा अनलाइन प्रणालीमा जोडिएको हो । No description available.

नवप्रबद्धन साझेँदारी कार्यक्रम मार्फत बडिमालिका नगरपालिका सबै वडा कार्यालय र केही बिद्यालयमा अनलाईन प्रबिधि बाट काम शुरु भएको हो ।
परियोजनाले तालिम तथा अभिमुखीकरणका कार्यहरु, अनुगमन तथा मुल्याकंन, प्रबिधीमैत्री शिक्षाका साथै गुनासो सुनुवाई कार्यक्रमहरु संचालन गरि सोही अनुसार कार्यक्रमहरु संचालन गरिएको सूचना प्रबधि अधिकृत थापाले बताए ।
बिद्यालयहरुमा सिसि क्यामरा जडानका साथै मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ भने वडाहरुमा सोलार, कम्पुटर सर्भर सोलार ब्यकअप लगायतको प्रबिधी जडानको भएको प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले बताए । No description available.
बडिमालिका नगरपालिकाको ६० लाख र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री परिषदको नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखमा सो कार्यक्रम संचाालन भएको नगरपालिकाले जनाएको छ ।

नवप्रबद्धन कार्यक्रमको उदेस्य शुसासन, सार्बजनिक सेवा प्रवाह र स्थानिय आर्थिक बिकासका क्षेत्रमा काम गर्ने रहेको सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार