शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बर्षातमा आन्तरिक पर्यटकको गन्तव्य बन्दै बिरे खोला झरना (तस्बिरहरु)

बर्षातमा आन्तरिक पर्यटकको गन्तव्य बन्दै बिरे खोला झरना (तस्बिरहरु)

  • आइतवार, साउन ७, २०८०
बर्षातमा आन्तरिक पर्यटकको गन्तव्य बन्दै बिरे खोला झरना (तस्बिरहरु)

टेक बहादुर बुढाबर्षायाम सुरुभए संगै बाजुराको बिरे खोला झरनामा आन्तरिक पर्यटकको सङख्या दिनहुँ बढ्दै गएको छ ।बर्षात सुरु भए संगै हरियाली वातारणको मनोरम दृश्यसंगै बिरे झरनामा पानीको चाप दिनप्रतिदिन बढ्दै गएकाले जिल्लाका आन्तरिक पर्यटकको संख्यामा पनि दिनहुँ बढ्दै गएको स्थानियहरुले बताएका छ । सदरमुकाम मार्तडी नजिकै रहेको बिरे खोलामा घुम्न जाने आन्तरिक पर्यटकको प्रमुख गन्तव्य हो बिरे खोला झरना ।

No description available.

अहिले दिनमा दुई सयबढि आन्तरिक पर्यटक बिरे भरनामा घुम्न आउने गरेका त्याँहाका होटल व्यावसायीहरुको भनाई रहेको छ । आन्तरिक पर्यटकका टिकटक, फेसबुक, युटुव जस्ता सामाजिक सञ्जालहरुमा भाइरल बन्ने प्रमुख माध्यम बिरे झरना बन्दै गएको छ । आन्तरिक पर्यटकहरु अहिले टिकटक बनाउदै बिरे झरनासंगै रमाएर करिब दुई तिन घण्टा बिताउने गर्दछन ।

बिरे खोला झरना जान आउन र त्याँहा उभिएर फोटो खिच्न झरना वरपर नयाँ संरचानाअरु बनेकाले बिरे झरनामा आन्तरिक पर्यटकहरुको आगमन हुने क्रम बढ्दै गएको छ । प्रायः अरुदिन भन्दा शनिवारको दिन बिरे झरनामा धेरै पर्यटक भित्रिने गरेका त्याँहाका स्थानियहरुले बताएका छन । No description available.

२०७८ सालमा डिभिजन बन कार्यालय, बडिमालिका नगरपालिका र बडिमालिका सामुदायिक बनको संयुक्त लागानीमा बिरे झर्ना प्रवेशद्धार, साइटमा सिडि, पुल तथा फलामका रेलिङ निर्माण भएपछि देखि झर्ना व्यवस्थित संगै आन्तरिक पर्यटकको आर्कषकको केन्द्र बनेको छ ।

बिरे झरनामा अहिले नगरपालिकामार्फत कार्यविबि बनाई झर्ना घुम्न आउने पर्यटकबाट प्रतिव्यक्ति २० रुपियाँका दरले टिकटको समेत व्यावस्था गरिएको छ । करिब एक सय मिटर अग्लो बिरे झर्नाको मनोरम दृश्यका साथै भिर मौरी हेर्नका लागि पर्यटकहरु याहाँ पुग्ने गरेका छन ।

बिरे खोला झरना बडिमालिका नगरपालिका ६, ८ र ९ को सिमानामा अवस्थित रहेको छ । झरना नजिकै पुग्ने बित्तिकै छङछङ आवाजको पानीमा घण्टौसम्म रुझ्न र झुग्ने गरेका कयौ पर्यटकहरु बिरे झरनामा देख्न सकिन्छ । No description available.

सदरमुकाम मार्तडीबाट करिब एक घण्टाको पैदल दुरीमा हिडेर बिरे झरनामा पुग्न सकिन्छ । बर्षयामको हरियाली वातारण, मनोरम दृश्यसंगै बिरे झरनाको पानीमा झरनाको मध्य भागमा २४ घण्टा नै देखिने सप्तरंगी इन्द्रेणीको दृश्यमा रमाउने पर्यटकहरुको भिड झर्नामा देख्न सकिन्छ ।

बिरे खोला झरनाको प्रचारप्रसारको लागि स्थानी सरकारले झरनाबारे जानकारीमुलक सूचना बोर्ड प्रवेशद्धारमै राखिदिने हो भने घुम्न आउने पर्यकटहरुका लागि सहज हुने स्थानीयहरुले बताएका छन । No description available.

No description available.No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार