बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्थानीय आलुको जात सुधारका लागि आलु पाठशाला

स्थानीय आलुको जात सुधारका लागि आलु पाठशाला

  • शुक्रबार, साउन १९, २०८०
स्थानीय आलुको जात सुधारका लागि आलु पाठशाला

बाजुरा– आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन बडिमालिका ७ मा आलुबालीको जात सुधारका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ। जिल्लाकै सबै भन्दा बढि आलु उत्पादन हुने क्षेत्रमा रहेको ढम्कनेको आलुको जात सुधारका लागि सो पाठशाला संचालन गरिएको हो ।
ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ । ढम्कने गाउमा १ सय २४ बढी घर परिवार छन् । ती सबैको आम्दानीको मुख्य स्रोत  आलु रहेको छ । आलुको बिउ प्रमाणिकरणका गर्ने उदेस्यका साथ ढम्कनेबाट बाहिर लगिएकोे त्यही ठाउँको २८ ओटा स्थानबाट ल्याएको बिउको परिक्षण गर्न ३ बर्षसम्म यो पाठशाला नियमित संचालन गरिने कृषक राम बहादुर धामीले बताए ।
बिउ प्रमाणीकरणका लागि गरिएको पाठशाला एक कार्यक्रमका बिच समापन गरिएको आलुको जातिए सुधार ढम्कनेका अध्यक्ष मदनराज खत्रीले बताएका छन । परम्परागत रूपमा खेती गरिदै आएको आलुको बिउ प्रमाणीकरण गर्न त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । कृषि ज्ञान केन्द्र बाजुरा र लिर्वड नामक सस्थाले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलुका बिभिन्न जातहरु लगाउने विधि सिकाएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए।
आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।
आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए। महोत्सवपश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ। यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन्।
हाल ढम्कनेमा १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्। आलु उत्पादन गरेर बजारीकरणभन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर बिभिन्न परिकार बनाउन सिकाइने वडा अध्यक्ष पाध्यायले बताए। आलुका परिकारमा आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत ३० वटा परिकार बनाउने गरी आम्दानीको स्रोत बनाउने उद्देश्य रहेको पाध्यायले बताए।
जातिय सुधार ढम्कने आलु कृषक पाठशालाका अध्यक्ष मदनराज खत्रीको अध्यक्षतामा संचालनमा भएको कार्यक्रमका प्रमुख अतिथी कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरु र बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।
कृषक पाठशालाका सचिव राम बहादुर धामीले संचालन गरेको कार्यक्रममा लिवर्डका प्रमुख आकाश कोइराला, बडिमालिका नगरपालिका ७ का वडा सदस्य लोकेन्द्र रोकाया, बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेश बिक नेपाल पत्रकार महासंघ बाजुरा शाखाका निबर्तमान अध्यक्ष प्रकाश सिंह लगायत अतिथि रहेका थिए ।
जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका लगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत-जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानी गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार