गजल!
जो साख्खै हुँन उनैमाथी प्रहार गर्न थाले, आज दुश्मनको सपना साकार गर्न थाले। छी यस्तो पनि राजनीतिको नसा हुँदोरैछ, आफ्नै बिरूद्धमा दुष्टकै उद्धार गर्न थाले। बाबाले भन्नुहुन्थ्यो राजनीति गर्भमै गर्छौँ, ए बा आज त छोराले ब्यापार गर्न थाले। बिक्नेगर्छन भोट किन्छन पैसा हुंनेहरूले, समाज सेवामा समेत कारोबार गर्न थाले। चारभाई चारौटै पार्टी एक आर्का बिरोधी, […]