गजल!
देश भित्र छ अन्धकार सबैलाई थाहा छ, चलेकैछ कालो बजार सबैलाई थाहा छ। कसोगरी रोक्न सकिन्छ यो भनौ त मित्र, जताततै हुन्छ भ्रष्टचार सबैलाई थाहा छ। उठाए सेता राता झण्डा तर छैन देशको, बने बिदेशको हथियार सबैलाई थाहा छ। राजनीतिले गरिबलाई उपयोग गर्छ सधै, जितेर जान्छन खुंखार सबैलाई थाहा छ। किसान ज्यामी मजदुरले सझाए दुनियाँ, […]