बिहिबार, बैशाख १३, २०८१

गजल!

  • सोमवार, भदौ २०, २०७९
गजल!

कसैले बुझ्दैन मान्छेमा लगन कसरी भयो,
कसरी हुर्क्यो भढ्यो र जिबन कसरी भयो।

भन्छन् लेख राम्रा छन तर सुद्धता आएन,
यो तिमी आफैले सोचेर भन कसरी भयो।

पोक्छु मनका वेदना साहित्यकै सहारामा,
यो गरिबको साहित्येमय मन कसरि भयो।

तिम्रा गुरू बिध्यालयका,ठोकर थियो मेरा,
नसोध तिमीले मानिस निर्धन कसरी भयो।

दश बर्षे बाल मजदुर भएर हिंडेको मान्छे,
बिचार गरौं साहित्यकार झन कसरी भयो।

हजूरले जस्तो लिन पाएकोभए डिग्री मैले,
भन्ने भन्थे वाह कथा टनाटन कसरी भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार