शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कविता (स्मरणीय युद्ध)

कविता (स्मरणीय युद्ध)

  • शनिबार, भदौ १८, २०७९
कविता (स्मरणीय युद्ध)

फिस्टे गोलिले म मर्दिनँ
गोलि लागेको छ तर म डराएर
कहाँ जाने अब ?
दुखाइको के कुरा गर्ने र
घाउ भन्दा हृदय दुखिरहेछ!

म मर्दिन सङ्ग्राम नजिती
म सङ्ग अवशेष टुक्रिएका अस्त्र मात्र छन्

दुस्मनको दुस्साहस मलाई मार्ने छ
तर म मर्दिन मार्नेछु
म मर्नलाई त जन्मिएको हुनु पर्यो
म त जन्मिदै मरिसकेको छु
हठात् मेरा प्रियहरुलाई गोलि लाग्छ
कैयौं साथीहरू मर्छन दाजुभाइ मर्छन
भयावह !
अहो!भयंकर !म अकेलो छु अब

बम ,गोला,बारुदको वर्षा भइरहेछ
बडेमानको भिर ,सानो खोच
न यता जान न उता जान मिल्छ
तर म मर्दिन केवल जित्नु छ
अकेलो छु
सुन्दैछु दर्दनाक चीत्कार कस्को हो ?
रुने को हो?सायद गोलि लागेको हुनुपर्छ
गोलि त मलाई पनि लागेको छ
तर जित्नु छ जिन्दगीको लडाइँ ।

चर्चामा

सम्बन्धित समाचार