शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जुन ठग हुन्छ त्यही साहुकार हुनेगर्छ

जुन ठग हुन्छ त्यही साहुकार हुनेगर्छ

  • मङ्लबार, भदौ २८, २०७९
जुन ठग हुन्छ त्यही साहुकार हुनेगर्छ

जुन ठग हुन्छ त्यही साहुकार हुनेगर्छ,
यहाँ राजनीतिको पनि ब्यपार हुनेगर्छ।

तिमी र म मरे पछि स्वर्गमा पुग्न ढुक्कै,
उन्को घरमा सधै स्वर्गको द्वार हुनेगर्छ।

यो समाज छ अलि फरक किसिम को,
धर्मपनि राजनीति गर्ने आधार हुनेगर्छ।

तन र मन खियाएर बांच्छन गरिबहरू,
वेइमानको सधै ठग्ने ब्यबहार हुनेगर्छ।

आमूल परिवर्तन त हुँदैन बिद्रोह नगर्दै,
यहाँ फुट पार्ने प्रयास लगातार हुनेगर्छ।

ढुङ्गाले आफ्नै अस्तित्व खोज्न लढ्यो,
माटो त सदियौं उस्को औजार हुनेगर्छ।

चर्चामा

सम्बन्धित समाचार