शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उस्को पालोमा छिमेकी सधै मालिक बन्छ

उस्को पालोमा छिमेकी सधै मालिक बन्छ

  • बुधबार, भदौ २९, २०७९
उस्को पालोमा छिमेकी सधै मालिक बन्छ

उस्को पालोमा छिमेकी सधै मालिक बन्छ,
हाम्रो पालो आयो की त्यो आन्तरिक बन्छ।

अरूको देशलाई स-सम्मान सहयोग दिंदा,
हाम्रो देशलाई दिंनुपर्दा ऐसान भिक बन्छ।

हिमाली काख संसारको बिर हरूको बसेरा,
अर्कैको देश जोगाउँन सदियौं नजिक बन्छ।

हाम्रा नेता पनि फिल्डमा त कराउँछन खुबै,
सम्सद मा पुगेपछि किन उनैको सिक बन्छ।

एउटा बिसाल आर्थिक सम्पन्न गरिब आर्को,
भनौं त्यो सन्धी कसरी समानता ठिक बन्छ।

चर्चामा

सम्बन्धित समाचार