शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” भाेली सदरमुकाममा आयोजना हुदैँ

“द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” भाेली सदरमुकाममा आयोजना हुदैँ

  • शनिबार, असार १३, २०८३
सेयर गर्नुहोस् :
“द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” भाेली सदरमुकाममा आयोजना हुदैँ

बाजुरा– बाजुराका चार स्थानीय तहको संयुक्त नेतृत्वमा “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” आयोजना हुने भएको छ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा यो सम्मेलन आयोजना हुन लागेको हो।

आज बुढीगंगा नगरपालिकामा एक कार्यक्रम सकिएर भाेली जिल्ला स्थरिय कार्यक्रम सदरमुकाम मार्तडीमा हुने भएकाे हाे ।  बाजुराबाट सुरु भएर धनगढी हुँदै काठमाडौंसम्म सञ्चालन हुने यो तीन तहको शिखर सम्मेलनले समुदायको वास्तविकता, प्रदेश स्वास्थ्य प्रणाली, राष्ट्रिय नीति, साझेदारी र लगानीलाई एकसाथ जोड्ने लक्ष्य राखेको छ ।

 दुर्गम तथा अन्तिम तहका समुदाय, अग्रपंक्तिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकार र स्वास्थ्य संस्थाका वास्तविक अनुभवलाई डिजिटल स्वास्थ्य रूपान्तरणको राष्ट्रिय संवाद, नीति निर्माण, साझेदारी र लगानीसँग जोड्ने उदेश्यका साथ आयोजना गर्न लागिएको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताए । यो सम्मेलनलाई बाजुराका चार स्थानीय तहसँगै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन, स्मार्ट हेल्थ ग्लोबललगायत संस्थाहरूको समन्वय तथा सह–आयोजनामा सञ्चालन हुन लागेको उनले बताए ।

उक्त डिजिटल हेल्थ शिखर सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरण जिल्ला तहको सम्मेलन बाजुराको सदरमुकाम मार्तडीमा २०८३ असार  १४ गते आइतबार   हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार