शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • राणा फाल्यो राजा फाल्यो संस्कार उस्तै छ

राणा फाल्यो राजा फाल्यो संस्कार उस्तै छ

  • सोमवार, अशोज ३, २०७९
राणा फाल्यो राजा फाल्यो संस्कार उस्तै छ

राणा फाल्यो राजा फाल्यो संस्कार उस्तै छ,
नौलो नेपाल भन्छन किन व्यबहार उस्तै छ।

हात्थी छाप झोले आज शिखरमा पुगे पनि,
रगत पोख्नेहरूको घरमा दिकदार उस्तै छ।

निमेक गरेर पढायौं छोरा छोरी र पाए डिग्री,
आफ्नो कांधमा त पारिवारीक भार उस्तै छ।

सरकार ले श्रम सम्झौता गर्दा हुन्छन खुसी,
सधैभरी जिवन निर्वहा गर्ने आधार उस्तै छ।

खै कस्लाई दिऊँ बधाई सम्विधान दिवशको,
छैन बिकास अर्थव्यबस्था नाङ्गेझार उस्तै छ।

गरिब झन गरिब भए चलखेलछ बिदेशीको,
फेरीपनि आन्दोलन गर्ने मेरो बिचार उस्तै छ।

चर्चामा

सम्बन्धित समाचार