सम्झिन्छु पुराना बितेका दिन कहिलेकसो,
रिङ्गाटो समेत लाग्छ एकछिन कहिलेकसो।
होस सम्माल्दा थिएन सहारा न टेक्ने ठाउँ,
त्यो सोंच्दा नि लाग्दैन एकिन कहिलेकसो।
चारौं तर्फ समस्याले घेरेको एक्लो माझमा,
कसरी तिर्ने अंशको त्यही रिन कहिलेकसो।
आमांको न्यानु मायाँ एकमात्र सहारा हुँदा,
छुट्टिंदा हुन्थ्यो अनुहार मलिन कहिलेकसो।
थिएन एक टक्का धन रिनमै डुबेका हामी,
खगाल थ्यौं पुराना थोंत्रा टिन कहिलेकसो।
सम्पत्ती भन्नु केही भाई बहिनी ससानै थिए,
होसलादिने केवल आमा थिन कहिलेकसो।
सुरेशकुमार पान्डे।